बिर्तामोड ।
एभरेष्ट स्मार्ट एजुकेशन एकाडेमीमा जारी हरिकुमार प्रसाईं अन्तर विद्यालय अन्डर १३ जिल्ला स्तरीय नकआउट फुटबल प्रतियोगिताको मंगलबार भएको खेलमा न्यूटन्स एजुकेशन एकाडेमी र चिल्ड्रेन इन्भाइरोमेन्ट स्कुल विजयी भएका छन् ।
प्रतियोगिताको दोस्रो दिन न्यूटन्स र चिल्ड्रेन विजयी भएका हुन् । दोस्रो दिनको पहिलो खेलमा न्यूटन्सले देवकुल चारआलीलाई ८–० ले हराउँदै बिजयी भएको थियो । खेलमा ४ गोल गर्ने न्यूटन्सका रिजन ओली म्यान अफ द म्याच घोषित भए ।
त्यस्तै दोस्रो खेलमा ग्रीनफिल्ड वल्र्ड स्कुललाई २–० ले हराउँदै चिल्ड्रेन इन्भाइरोमेन्ट विजयी बनेको हो । सो खेलमा एक्लै दुई गोल गर्ने चिल्ड्रेनका उनेश राई म्यान अफ द म्याच घोषित भएका छन् ।
आज तीन खेल हुँदैछ । पहिलो खेलमा सुनगाभा इङ्गिलस स्कुल र गोमेन्द्र बिर्ता मोडल, दोस्रोमा निहारिका इङ्गिलस बोर्डिङ स्कुल र निदि सेकेण्डरी स्कुल तथ तेस्रो खेलमा मेची इङ्गिलस स्कुल र बाल्मीकि एजुकेशन एकाडेमीबीच प्रतिष्पर्धा हुने एभरेष्ट स्मार्ट एजुकेशन एकाडेमीका प्रिन्सिपल अनुप शर्माले जानकारी दिएका छन् । फागुन ६ गते फाइनल खेल हुने प्रतियोगितामा १६ वटा विद्यालयको सहभागीता रहने बिद्यालयले जनाएको छ ।















