बिर्तामोड । 

उच्च शिक्षालय तथा माध्यमिक बिद्यालय संघ नेपाल (हिसान) महिला भलिबल प्रतियोगिताको जिल्ला बिजयी टिम आदर्श स्कुल बिर्तामोड बनेको छ । 

सुरुवाती खेल इकम स्कुल बिर्तामोड, गोमेन्द्र बिर्तामोड मोडल, आस्था कलेज दमकलाई सोझो २/२ सेटले पछि पार्दै अन्तिम फाइनल खेलमा ग्लोबल कलेज दमकलाई बेस्ट अफ पाँचको खेल सोझो ३ सेटले जितेको हो ।  खेल को पहिलो सेट २८/२६, दोस्रो २५/२३ र तेस्रो सेट २५/१८ ले जितेको हो ।

सुरुमा ग्लोबल का खेलाडीले निकै राम्रो प्रदर्शन र दबाब बनाएता पनि अन्तमा आदर्शले लगातार जित हासिल गरेको हो । खेलमा उत्कृष्ट स्पाइकर आदर्श स्कुलतर्फ रक्षा भट्टराई, सेटर सन्ध्या गुरुङ, प्लेयर अफ दी म्याच इ स्नेहा बोहोरा, म्याच अफ दी टुर्नामेन्ट आदर्श कै स्रीमन श्रेष्ठले प्राप्त गरे । बेस्ट कोचको उपाधी पाउन सफल मिलन खजुम राईको आदर्श स्कुल लगातार तीन बर्षदेखी हिसान  छात्रा भलिबलले प्रथम स्थान हासिल गर्दै आएको छ। 

हिसान छात्रा भलिबलमा दोस्रो हुने ग्लोबल र तेस्रो हुने प्रजिता एकाडेमीलाई हिसान झापाका अध्यक्ष टेकनाथ भन्डारी, उपाध्यक्ष ख्याम भन्डारी, उत्तम खनाल, सचिब देबेन्द्र हुमागाई, कोषाध्यक्ष रन्जित शाह, प्याब्सन झापाका अध्यक्ष छ्त्र कार्की, वरिष्ठ उपाध्यक्ष एचके पाठक, बिर्तामोड नगर अध्यक्ष सुरेन्द्र खरेललगायतको उपस्थिति तथा बिर्तामोड नगर पालिका उप–प्रमुख नगेन्द्र सग्रौलाको प्रमुख आतिथ्यतामा समापन भएको कार्यक्रममा सम्पूर्ण खेलाडीलाई ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिएको खेलका बिजयी टिम  र कोचलाई आदर्श स्कुलका डाइरेक्टर सन्जोग खरेलले उत्साहन स्वरूप नगद ४० हजार दिने घोषणा गरेको कार्यक्रम सञ्चालन आदर्शका आउटरिच मेनेजर दीपक दासले जानकारी दिए ।