झापा । 

झापा जिल्ला पालिका स्तरिय नकआउट पुरुष फुटबल प्रतियोगिता कनकाई कप २०८१ को आज दोश्रो दिनमा सम्पन्न भएको खेलमा हल्दीबारी गाउँपालिकाले गौरादह नगरपालिकालाई ५–० को फराकिलो  गोल अन्तरले  पछिपार्दै जित आफ्नो हात पारेको छ ।

कनकाई माविको खेल मैदान सुरुङ्गामा भएको उक्त खेलको निर्धारित समय ७० मिनेट भएको उक्त खेलमा पहिलो हाल्फसम्म आईपुग्दा दुवै टिमबाट कुनैपनि गोल हुन सकेको थिएन । दोश्रो हाल्फको खेलमा हल्दीबारीका खेलाडी जेर्सी नं ११ का टिम क्याप्टेन राजेश राजवंशी द्वारा ४७ औ मिनेटमा पेनेल्टी शुट आउट मार्फत पहिलो खाता खोली आफ्नो टिमलाई १–० ले अग्रता दिलाएका थिए ।

खेलको ६१ औ मिनेटमा हल्दीबारीका खेलाडी जेर्सी नं १७ का  अरुन राईले आफ्नो रोमाञ्चक खेल प्रदशन गर्दै दोश्रो गोल गर्न सफल भएका थिए भने, त्यसैगरी खेलको ६६ र ७० औ मिनेटमा जेर्सी नं ४ सुरज उराउले लगातार दुई गोल र खेलको अतिरिक्त थप गरिएको अन्तिम ६ मिनेटमा जर्सी नं १७ का खेलाडी अरुन राई द्वारा निर्णायक गोल  १ गोल गरि  गौरादह नगरपालिका विरुद्द्को उक्त खेलमा ५–० को फराकिलो अन्तरले जित आफ्नो नाम गर्न सफल भएको थियो । उक्त खेलको म्यान अफ दि म्याच हल्दीबारीका खेलाडी जर्सी नं ४ सुरज उराउले प्राप्त गरेका थिए ।

माघ २५ गतेदेखि सुरु भएको उक्त खेल फाल्गुन ७ गते सम्पन्न हुनेछ । खेलको बिजेताले ट्रफी मेडलसहित १ लाख १५ हजार र उपबिजेताले ट्रफी मेडलसहित ६१ हजार रुपैयाँ प्राप्त गर्ने छ्न् । हल्दीबारीको खेलाडीसहित हल्दीबारी वडा नं ४ का अध्यक्ष  तथा हल्दीबारी खेलकुद संयोजक सन्तकुमार थापा मगर स्वयम्  खेल मैदानमा पुगेका थिए । खेलको विजेताले फाल्गुन २ गते सोही मैदानमा सेमिक्वाटर फाइनल खेल्नेछ ।