बुट्टाबारी ।
दोस्रो स्वर्गीय कृष्णप्रसाद डाँगी स्मृति फुटबल प्रतियोगिताको उपाधि जनता माध्यमिक बिद्यालयले जितेको छ । प्रतियोगिताको फाइनल खेलमा भानु माध्यमिक बिद्यालयलाई हराउदै जनता माबिले प्रथम स्थान हात पारेको थियो ।
महारानीगन्ज माध्यमिक बिद्यालयकोको ६९ औं बार्षिक उत्सवको आवसरमा अर्जुनधारा नगरपालिकामा रहेका ११ ओटा सामुदायिक बिद्यालय अन्तर्गत आधारभूत तह १–८ का छात्रहरुको सहभागीता रहेको थियो ।
प्रतियोगिता माघ १७ देखी सुरु भएको थियो । माघ २५ गते फाइनल खेल सम्पन्न भएको प्रधानाध्यापक मनबहादुर लिम्बुले बताए। फाइनल खेलमा भानु माबीलाई ० को विरुद्ध जनता माबिका जर्सी नं. १० का जीवन रार्इले १ गोल लगाएर फाइनलमा बिजय गराएका थिए ।
खेलमा बेस्ट डिफेण्डर भानु माबिका सुसान्त राई, बेस्ट कोलकिपर जनता माबिका उज्वल बिक, हाइस्कोर जुनकीरी सार्वजनिक आबिका रोशन हास्दा र म्यान अफ दि म्याच जनता माबिका जीवन राइ, म्यान अफ दि सिरिज भानु माबिका गोपाल मोहोराइ भएका थिए भने उनीहरुलाई नगदसहित प्रमाणपत्र ट्रफी मेडल हस्तान्तरण गरिएको थियो ।
प्रथम हुने बिद्यालय जनता माबिलाई नगद २० हजारसहित सिल्ड ट्रफी प्रमाणपत्र र उपबिजेता भानु माबिलाइ नगद १० हजार र ट्रफी, सिल्ड, प्रमाणपत्र प्रमुख अतिथि जिल्ला फुटबल संघ झापाका अध्यक्ष भगिरथ आले (मामा) ले एवम् प्रायोजक भक्त डाँगएले प्रदान गरेका थिए ।
गत बर्षदेखि आफ्ना स्वर्गीय बुबा कृष्ण प्रसाद डाँगीको स्मृतिमा अमेरिकामा रहँदै आएका छोरा अरुणकुमार र यही नगरमा रहेका भक्तकुमार डाँगीले बालबालिकाहरुको खेलप्रतिको चाहाना र प्रेरणाका लागि खेलाउदै आएको डाँगीले बताएका छन् ।
खेललाई रेफ्री अर्जुन किस्कुले बिवाद बिना सञ्चालन गरेका थिए । कार्यक्रममा जुनकीरी आधारभूत बिद्यालय ब्यवस्थापन समितिका अध्यक्ष जगतबहादुर मगर, महारानीगन्ज माबिका बिब्यस अध्यक्ष बोलप्रसाद कोइराला, प्रमुख अतिथि भगरथ आलेलगायतले बालबालिकाहरुको खेलप्रति चाख र उनिहरुलाइ सानैदेखि यस्ता खेलमा मौका दिनु पर्ने कुरा राख्दै बिजेता उपबिजेता दुबै बिद्यालय टिमलाइ शुभकामना व्यक्त गरेका थिए । कार्यक्रमको सहजीकरण राष्ट्रिय रेफ्री प्रदीप बस्नेतले गरेका थिए ।