झापा ।
सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था अन्तरगत मंगलबारे सेवा केन्द्रको आयोजनामा उर्लाबारी–१ कान्छीचौकमा एक दिने पशु पालन व्यवस्थापन तालिम सम्पन्न भएको छ ।
सेवा केन्द्र मंगलबारेद्वारा मंगलबार सञ्चिालत कत्ले सहारा महिलाको समूह सचिब लक्ष्मी माखिम अध्यक्षतामा सम्पन्न तालिममा उर्लाबारी–१ महिला वडा सदस्य टीका भुजेल, उर्लावारी वडा नम्बर १ पशु सेवा कार्यालयका पशु प्राविधक मनोज पौडेल सेवा केन्द्र प्रमुख त्रिलोचन तिम्सिना, वरिष्ठ सहायक शेरवहादुर कटुवाल, सहारा साकोसका कृषि प्राबिधिक सन्जित यादबको आतिथ्य रहेको थियो ।
कार्यक्रमको सहजीकरण कृषि प्राविधक संजित यादवले गरेको तालिममा उर्लाबारी–१ का विभिन्न समूहका ३५ बढी समुह सदस्यहरुको सहभागिता रहेको थियो । तालिममा सेवा केन्द्रका गतिविधि सेवा केन्द्र प्रमुख त्रिलोचन तिम्सिनाले प्रकाश पारेका थिए भने सेवा केन्द्र कर्मचारी शेरबहादुर कटुवालले भोलिको दिनमा यस तालिम पश्चात पशुपालनलाई ब्यवसायिक बनाउन सेवा केन्द्र सदैब तयार रहने जानकरी गराएका थिए । उनले हाल सहारा नेपालको ब्याज दर पनि पहिलेको तुलनात्मक रुपमा अहिले निकै नै कम रहेको जानकारी गराएका थिए ।
सहजकर्ता सन्जित यादबले सदस्यहरुलाई पशु बिमा सम्बधी र सहाराले हाल उपलब्ध गराउदै गरेको विभिन्न कृषि सेवा सुबिधा लगायतका बिषयमा जानकारी गराएका थिए ।
उनले पशुपालनबाट ब्यवसायिक ज्ञान सिप लिइ कसरी ब्यबसायिक उत्पादन गर्दा आर्थिक आय आर्जन हुन्छ र हाल पशुपालनमा देखा परेको समसामयिक समस्या को जिज्ञासा् समाधान गर्नुका साथै समान्य किसानले आफू बिचौलिया र कृषी पेसावाट हुने विभिन्न उत्पादनलाई कसरी सहज रूपमा बजारीकरण गर्ने, पशुपालन लाइ कसरी व्यवस्थित रूपमा गर्ने र पशु हेरचाहका विषय बारेमा सहजीकरण गरेका थिए ।
तालिममा सहभागी सदस्यले धेरै नयाँ कुरा सिक्न पाएकोमा खुसी ब्यक्त गरेका थिए । सोही कार्यक्रमका बिच उर्लाबारी नगरपालिका पशु सेवाको प्रतिनिधित्व गर्दै आएको पशु प्राबिधिक मनोज पौडेलले नगर दिने सेवा सुबिधा र सहकार्यको लागि उर्लाबारी नगरपालिका सदैब किसानहरुप्रति सकारात्मक रहेको जानकारी गराएका थिए ।