बिर्तामोड । 

निदि–आदर्श युनिटी फुटबल लिग कप अन्तरगत तेस्रो दिनको  पहिलो खेल टिम निदी कम्प्युटर  साइन्स र आदर्श पर्पल बिच भएको छ । उक्त खेलमा  दुबैतर्फ बाराबर गोलरहित भएको थियो । लिग अन्तर्गतको खेलमा पहिलो खेलमा म्यान अफ दि म्याच कम्प्युटर साइन्सका जर्सी नम्बर ८ का अरुराग पराजुली भए । 

लिगको दोस्रो खेल निदि साइन्स र निदी बिबिएस बिच भएको थियो। सो खेलमा बिबिएसले ४–० ले बिबिएस अग्रता लिएका थियो । सो खेलमा खेलाडी राम महतराले २ गोल, सुजन चाम्लिङ राई र अजय टुडुले १÷१ गोल गरेका थिए  । उक्त खेलको  म्यान अफ दि म्याच अजय टुडु भए । 

त्यसैगरी आज भएको तेस्रो खेल आदर्श निलो र निदि बिजनेसस्टडिज  बीच भएको थियो । उक्त खेलमा आदर्शले १ र बिजनेसले २ गोल गरेको थियो । आदर्शका कौशल न्यौपानेले एक गोल गरेको खेलमा बिजनेसका दुर्गा लिम्बु र दिवश बास्तोलाले १÷१ गोल गरेका थिए । 

दैनिक जम्मा तीन वटा हुने खेलमा निदि तथा इन्द्रेणी क्यापस प्रमुख रन्जित शाहले म्यान अफ दि म्याचको ट्रफी हस्तान्तरण  गरेको आदर्शका कोच दिपेश खतिवडाले बताए । निदि आदर्श युनिटी फुटबल लिग खेलको प्रत्यक्ष प्रसारण आदर्श  स्पोट्स फेसबुक पेजबाट भइरहेको आदर्श स्कुल अफ म्यानेजमेन्टका आउटरिच मेनेजर दीपक दासले जानकारी दिए ।