बिर्तामोड ।
निजि बिद्यालय तर्फ निदि आदर्श युनिटी कप आज (बिहीवार)बाट निदि बिद्यालयको खेल मैदानमा भएको छ। खेलको माध्यमबाट विद्यार्थीहरुलाई एकजुट गरी रास्ट्र निर्माणमा टेवा पुर्याउन उदेश्यले सुरु गरिएको खेलमा निदि, इन्द्रेणी क्यापस प्रमुख तथा निदि ( आदर्श युनिटी कप कार्यक्रमका अध्यक्ष रन्जित शाहले खेलको उद्गघाट्न गरको बताए ।
उच्च शिक्षालय तथा माध्यमिक बिद्यालय संघ नेपाल (हिसान), झापाका कार्यबाहक अध्यक्ष उत्तम खनालको प्रमुख आतिथ्य, आदर्श स्कुल अफ म्यानेजमेन्टका आउटरिच मेनेजर दीपक दास, कलेजका कोर्डिनेटर तथा सुरुवाती कोठा नेपाल, झापाका कोषाध्यक्ष यगराज कडरिया, निदि स्कुलका प्रिन्सिपल भिष्म प्रसाईले आयोजकको तर्फबाट स्वागत तथा शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रमको औपचारिक सञ्चालन निदि कलेजका शिक्षक सरोज घिमिरेले गरेका थिए । खेलमा अफिसियलका रुपमा उदय ठाकुर, सन्तोष धिमाल, सन्तोष दनुवार तथा फोर्थ अफिसियलका रुपमा सितल लिम्बु रहेका छन् ।
औपचारिक उदघाट्न खेलमा निदि कम्पुटर साइन्स र बिजनेस स्टडिज बिचको खेलबाट शुरु गरिएको हो। टिम आदर्श फेसबुक पेजबाट प्रत्यक्ष प्रसारण हुने खेलमा निदि, इन्देणी तथा आदर्श स्कुल अफ म्यानेजमेन्टका कम्पुटर साइन्स, बिजनेस स्टडिज, बिबिएस, निदि अन्डर १५, आदर्श निलो र बैजनी, साइन्स ब्लक गरी जम्मा सात वटा टिमले सहभागिता जनाएका आदर्श स्कुलका अफिसियल कोच दीपेश खतिवडाले जानकारी दिए।
आज भएको प्रथम खेल बिजनेस स्टडिज र कम्पुटर साइस्समा बिजनेस स्टडिजले २ र साइन्स १ एक गोल गरेका थिए । जसमा बिजनेसमा २ गोल गर्ने दिवश बास्तोलाले मेन अफ दी म्याज पाए । लिगको दोस्रो खेल आदर्श निलो र निदि अन्डर १५ बिच भएको खेलमा आदर्श निलोले निदि १५ लाई जम्मा तीन गोल गरेको थियो । जसमा आदर्श निलोका कौशल न्पौपानेले २ र जेम्सहाङ लिम्बुले १ गोल गरेकोमा जवाफी रुपमा निदि १५ का रोनान बस्नेतले एक गोल गरेको खेलमा आयुस चौधरी मेन अफ दी म्याच पाउन सफल भए।
आजै भएको तेस्रो तथा अन्तिम खेलमा निदि बिबिएस र आदर्श पर्पल बिचको खेल १÷१ गोलले बराबरीमा टुङ्गो लागेको थियो। जसमा बिबिएसका राम महतरा र आदर्श पर्पलका क्षितिज अधिकारीले एक÷एक गरेका थिए भने सो अन्तिम खेलको मेन अफ दि म्याच आदर्श पर्पलका क्षितिज अधिकारीले पाए।