सुरुङ्गा । 

झापाको कनकाई नगरपालिकास्थित सुरुङ्गामा प्रदेश स्तरीय अन्तरपालिका भलिबल प्रतियोगिता ‘कनकाई कप–२०८१’ को चौथो संस्करण  आजबाट सुरु भएको छ।   सुरुङ्गा जेसीजको आयोजनामा शनिबार आजबाट  ८ गतेसम्म कनकाई माविको खेल मैदानमा प्रतियोगिता सुरु भएको हो।

४ दिनसम्म सञ्चालन हुने प्रतियोगिताको आज पहिलो दिनको खेलमा मेचीनगरपालिका, उर्लाबारी नगरपालिका, बेलबारी नगरपालिका र शिवसताक्षि नगरपालिका बिजयी भएका छ्न्। शनिबार आज उद्घाटनकै दिनमा भएका चार खेल मध्ये पहिलो खेल आयोजक भर्सेस मेचीनगरबीच भएको थियो जसमा मेची नगरपालिका २५–२५ तथा १९–९ ले बिजयी भएको छ।

त्यसैगरी झापा गाउँपालिका भर्सेस उर्लाबारीनगरपालिका मोरङ्गबीच भएको दोस्रो खेलमा  झापा गाउँपालिका २५–२५ तथा २३–१५ को २–० सोझो सेटमा बिजयी भएको छ।

त्यसैगरी तेस्रो दमक नगरपालिका झापा तथा बेलबारी नगरपालिका मोरङ्गबीच तय खेलमा दमक नगरपालिका उपस्थित नभएपछि वाक ओभरमा बेलबारी नगरपालिका मोरङ्गलाई बिजयी घोषणा गरिएको सुरुङ्गा जेसीजका सन २०२४ का अध्यक्ष दुर्गा पाठक (राजु) ले जानकारी दिए।

 त्यसैगरी आजै कनकाई नगरपालिका तथा शिवसताक्षि नगरपालिकाबीच भएको  चौथो खेलमा शिवसताक्षि  नगरपालिका ३६–२८ तथा २५–२२ ले बिजयी भएको छ। प्रतियोगितामा पहिलो हुने टिमलाई नगद एक लाख ११ हजार १११ र दोस्रो हुने टिमलाई नगद ६१ हजार १११ रुपैयाँसहित ट्रफि र प्रमाणपत्र प्रदान गरिने  अध्यक्ष राजुले बताए । यसैगरी सर्वोत्कृष्ट खेलाडीलाई ३२ इन्चको स्मार्ट कलर टेलिभिजन र बिभिन्न ५ बिधाका उत्कृष्ट खेलाडीलाई जनही ५ हजार १०० रुपैयाँ पुरस्कार प्रदान गरिने आयोजक समितिले जनाएको छ।

प्रतियोगितामा प्रथम पुरस्कारको ब्यवस्थापन  हाल ईजरायल निवासी प्रेम उप्रेती  र दोस्रो पुरस्कारको ब्यवस्थापन कनकाई ईन्टर्नेस्नल विल्ड्र्सका संचालक राम मैनालीले उपलब्ध गराउने पक्का भएको छ। त्यसैगरी प्रतियोगिता सम्पन्न गर्न मुख्य प्रायोजकका रुपमा सुरुङ्गाको श्री पशुपति अंग्रेज़ी माध्यमिक विद्यालय र प्रायोजकका रुपमा कनकाई नगर खेलकूद समिति रहेको सुरुङ्गा जेसीजका महासचिव रिसवसिङ्ग चाहारले जानकारी दिए।

प्रतियोगितामा भारतको सिक्किमको एउटा टिम, कोशी प्रदेशभरीका १२ वटा पालिकाका टिम र एउटा आयोजकको १  गरी कुल १४ वटा टिमको सहभागीता रहेकोे  सुरुङ्गा जेसीजका सन २०२४ का अध्यक्ष दुर्गा पाठक (राजु) ले जानकारी दिए। सुरुङ्गा जेसीजका सन २०२४ का अध्यक्ष दुर्गा पाठक (राजु) को अध्यक्षतामा भएको उद्घाटन  प्रतियोगितामा कोशी प्रदेशका भुमि सिचाइ तथा खानेपानी मन्त्री एकराज कार्कीको प्रमुख आतिथ्य रहेको थियो ।

प्रतियोगितामा कनकाई नगर खेलकुद समितिका अध्यक्ष प्रविन तिम्सिना, कनकाई सामुदायिक वन उपभोक्ता समिति अध्यक्ष खेम ओली, कनकाई बहुमुखी क्याम्पस सुरुङ्गा क्याम्पस प्रमुख बिकास उप्रेती ,वडा न ३ का अध्यक्ष युवराज चौलागाईं लगायतले खेलकुदको माद्य्यमबाट पछिल्लो समय राष्ट्रलाई अन्तर्राष्ट्रियसम्म चिनाउन सफल भएको भन्दै खेलकुदको क्षेत्रमा प्रदेश सरकारलाई  थप लगानी गर्न प्रमुख अतिथि मन्त्री कार्की समक्ष आग्रह गरेका थिए ।

प्रतियोगिताकै अवसरमा खेलको माध्यमबाट खेलाडीको बिकास गर्ने उदेश्यले समेत  भलिवल प्रतियोगिता आयोजना गरिएको  जेसीजका पूर्व अध्यक्ष कुमारमणि पोखरेलले स्पष्ट पारे । 

कार्यक्रममा कोशी प्रदेशका पुर्व मन्त्री हिराकुमार थापा, कनकाई वडा न २ का अध्यक्ष वलराम राई (प्रताप), वडा न ६ का अध्यक्ष लक्ष्मीप्रसाद ओली, एमाले नगर अध्यक्ष गोकर्ण ओझा, नगर प्यापसन अध्यक्ष बिनोद उप्रेती, रोटरी क्लब कनकाई अध्यक्ष लुवराज उप्रेती, कनकाई सामुदायिक वन समिति सचिव मान्ता खरेल, कनकाई माध्यमिक विद्यालयका प्रधानध्यापक कर्णबहादुर डाँगी, सामुदायिक सेवाकेन्द्रकी अध्यक्ष पुस्पा कडेल, कारितास नेपालका प्रोग्राम कोडिनेटर टन्क कटेल, कनकाई उद्योग बाणिज संघका महासचिव सरोज सिटौला, जेसीज पूर्व अध्यक्षहरु कुमारमणि पोखरेल, शिवकुमार  कडेल, एलपी उप्रेती, कमल कटेल, उषा उप्रेती,  विभिन्न राजनीतिक दलका प्रमुख तथा प्रतिनिधि संघ संस्थाका प्रमुख तथा प्रतिनिधि, सुरुङ्गा जेसीस सन २०२५ का अध्यक्ष दिपेन्द्र प्रधान सुरुङ्गा जेसीस अन्य पदाधिकारी लगायतको आतिथ्य रहेको थियो ।

 सुरुङ्गा जेसीज सन् २०२४ का सञ्चार संयोजक प्रतियोगिताका संयोजक  जेनिस चौलागाईले स्वागत गरेको कार्यक्रममा जेसिजको आस्था वाचन जेसी सरिता गुरगाईले गरेकी थिइन् । कार्यक्रमको सन्चालन  सुरुङ्गा जेसीज सन २०२४ का महासचिव रिसव सिङ्ग चाहारले गरेका थिए ।  प्रतियोगितामा प्राथमिक उपचारको प्राविधिक सहयोग समर मेडिसन डाइग्योनिष्ट्रक सेन्टर सुरुङ्गाले गरेको छ । 

यसैबीच भोलि आइतबार पनि चार खेल हुने बताएको छ। बिहान १० बजे सुरु हुने पहिलो खेलमा भद्रपुर र गौरादह नगरपालिका त्यस्तै दोस्रो खेल बिर्तामोड नगरपालिका र बार्हदशी गाउँपालिका हुँदा तेस्रो खेलमा सिदिङ्ग्वा गाउँपालिका ताप्लेजुङ र मेचीनगर नगरपालिका झापा बीच  हुने त्यस्तै आईतबार नै हुने अन्तिम खेलमा झापा गाउँपालिका तथा (टि भि ए)  सिकिमकोपाउना टोलीसग प्रतिस्पर्धा हुने  आयोजक समितिका अध्यक्ष दुर्गा पाठक (राजु) ले जानकारी दिए। प्रतियोगिताको पहिलो संस्करणमा सुनसरी, दोस्रोमा दमक र तेस्रोमा झापा गाउँपालिका बिजेता बनेका थिए ।