अर्जुनधारा । 

झापा अर्जुनधारा नगरपालिकाको आयोजनामा सहकारी ब्यवसायीक योजना तर्जुमा सम्बन्धि तीन दिने तालीम सम्पन्न गरेको छ । नगर भरिका दर्ता भएका ३१ ओटा सहकारी क्षेत्रमा रहेका बचत, कृषि, औषधिजन्य कार्य गर्ने सहकारी तथा अन्य स्थानमा कार्यालय रहेका सहकारीका अध्यक्ष, सचिव, ब्यवस्थापक, लेखा समिति संयोजक एवम् प्रतिनिधिहरुको सहभागीतामा तीन तिले तालिम सम्पन्न भएको हो । 

माघ २, ३ र ४ गते सञ्चालित कार्यक्रममा शेयर सदस्य, बचत कर्ता, लगानी, रोक्का, जमानत, असुली, ब्यवस्थापन, संचालक समिति, लेखा समितिको काम कर्तव्य र सहकारी नीति र स्थानीय ऎन जोखिम सम्बन्धि  र कार्य तर्जुमा र हिसाब कसरी राख्ने र सहकारी सप्टवेयर सम्बन्धि सहजीकरण प्रशिक्षक तीर्थ ओझाले गरेका थिए । 

कार्यक्रममा सहभागी प्रशिक्षार्थी महिला चेतना सहकारी खुदुनाबारीकि अध्यक्ष उमा थापा, सिस्ने सहकारी सस्था खुदुनाबारी सिस्नेका ब्यवस्थापक डिबि दर्नाल र प्रशिक्षक तीर्थ ओझा, गणेश भट्टराई लगायत नगरले स्थानीय तहमा यो प्रकारको तालीमले सहकारी सम्बन्धि आजको अवस्था, हुने जोखिम र न्यूनीकरण सम्बन्धि सहजीकरणले ठुलो ठेवा पुगेको बताएका छन् । 

कार्यक्रम सामाजिक बिकास बिकास संयोजक एवम् बोर्ड सदस्य कौसीकलाल परियार (भोला) को अध्यक्षता सञ्चालित कार्यक्रमको सहजीकरण सामाजिक शाखाकि कर्मचारी पुष्पा पौडेलले सन्चालन गरेकी थिइन् ।