बिर्तामोड । 

झापा गोल्डकपको अध्यक्षमा केदार गिरी निर्विरोध निर्वाचित भएका छन् । आज बिहान अध्यक्षका दुईजना उम्मेदवार र सहजकर्ताबीच भएको छलफलमा गिरीलाई अध्यक्ष बनाउने सहमति भएको हो ।

झापा गोल्डकपको अध्यक्षका लागि वर्तमान वरिष्ठ उपाध्यक्ष बलराम कार्की र कोषाध्यक्ष गिरीले उम्मेदवारी दिएका थिए ।

निर्वाचन समितिले आज बिहान मतदान गर्ने समय तोके पनि सर्वसम्मत भएपछि मतदान नहुने बताइएको छ ।