बुट्टाबारी । 

झापा अर्जुनधारा–११ को श्री देवलक्ष्मी कृषि सहकारी संस्थाको आठौं बार्षिक साधारणसभा सम्पन्न गरेको छ । कार्यक्रममा अध्यक्ष नरेन्द्र खड्काले आर्थिक बर्ष ०८०/०८१ को बार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए । आगामी दिनमा प्रति शेयर सदस्य शेयर रासी १० हजार पुर्याउने, पशु बिमा अन्य कृषि कार्यक्रम अझ बढाउने लक्ष्य रहेको उनले बताए । 

प्रतिवेदन अनुसार  यस बर्ष शेयर ४ लाख ९२  हजार बचत यस बर्षसहित १० लाख ११ हजार ८०३ रुपैयाँ ८० र  कर्जा लगानी लगानी ६ लाख ३० हजारसहित जम्मा लगानी १७ लाख ४१ हजार ८८३ रुपैयाँ रहेको कोषाध्यक्ष सन्चमाया राइले प्रस्तुत गरेको आर्थिक प्रतिवेदन उल्लेख छ। 

कार्यक्रममा असल कृषिक रूपमा सुरेश हुमागाइ, असल बचत कर्ताको रुपमा तेजबहादुर लिम्बू, असल कारोबार (ऋणिको) को रूपमा पिङ्की चौधरी र असल सहयोगीको रूपमा अन्जन तामाङलाई मायाको चिनोसहित सम्मान पत्रले सम्मान गरिएको थियो । 

कार्यक्रममा प्रमुख अतिथि अर्जुनधारा नगरपालिका बिकास बहुउद्देश्यीय सहकारी सस्थाका अध्यक्ष प्रत्युष आजाद रानाले कृषि क्षेत्रमा यस सहकारीले गरेको कार्यप्रति धन्यवाद व्यक्त गर्दै आगामी दिनमा कृषकहरुलाइ आत्म निर्भर बनाउन बीउ बिजन अनुदान एवम् नगदे बालीको ब्यवस्थापनका लागि कार्य गर्न सुझावसहित सम्मानित कृषकहरुलाइ शुभकामना व्यक्त गरेका थिए । 

त्यसैगरि बिशिष्ठ अतिथि  देवलक्ष्मी कृषि सहकारी सस्थाका सस्थापक एवम् कर्मचारी युनियन बचत तथा ऋण सहकारी सस्था अध्यक्ष जगत बहादुर मगर, सहकारीकर्मी गङ्गा प्रसाद मैनाली, वडा ११ का कार्यबाहक अध्यक्ष केशव अधिकारी, अतिथि सामाजिक ब्याक्तित्व नरहरी चापागाईं, देबिप्रसाद बिमली लगायतले आठौं साधारणसभा सफलता एवम् सम्मानितहरुमा शुभकामना व्यक्त गरेका थिए । अध्यक्षता नरेन्द्र खड्काले गरेको कार्यक्रममा स्वागत लेखा संयोजक रन्जित परियार र सहजीकरण सचिव हरि भण्डारीले गरेका थिए ।