• सुदिप गिरी 

हल्दीबारी । 

झापाको हल्दीबारी गाउँपालिका–१ मा रहेको जागृति साना कृषि सहकारी संस्थाको १२ औ बार्षिक साधारण सभा आज (शनिवार) सम्पन्न भएको छ । हल्दीबारी–१ को सभाहलमा सम्पन्न भएको उक्त कार्यक्रममा कोशी प्रदेश  सभाका सदस्य छविलाल चुडालको प्रमुख आथित्य रहेको थियो ।

संस्थाका अध्यक्ष त्रीलोचन सापकोटाको अध्यक्षतामा सम्पन्न भएको उक्त कार्यक्रममा अथितिमा हल्दीबारी गाउँपालिकाकि कार्यपालिका सदस्य रुपादेबी रसाईली, संस्थाको पूर्व अध्यक्ष दिपक खरेल, श्री महिला गोलधाप सहकारीकी अध्यक्ष गोमादेवी सुवेदी लगायत सम्पूर्ण संस्थामा आवद्द सदस्यहरुको बाक्लो उपस्थिति रहेको थियो । 

कार्यक्रमको क्रममा उक्त संस्थामा आवद्ध भई उत्कृष्ट कारोबार गर्ने ॠणि सदस्य भक्तिराम नेपाल, उत्कृष्ट बचतकर्ता टिकादेबी अधिकारी र जमुनादेवी रेग्मीलाई ससम्मान स्वरुप प्रमुख अथितिको हातबाट पुरस्कार वितरण गरिएको थियो ।

संस्थाको उत्कृष्ट समूहहरुलाई  कृषि औजार ५० थान हलो (मकै गोड्ने) बितरण पनि गरिएको थियो ।  कार्यक्रमलाई सम्बोधन गर्दै प्रदेश सभा सदस्य छबिलाल चुडालले आधुनिक युगमा जनमानसमा कृषि प्रतिको सोच दिनदिनै कम हुँदै गएको कुराप्रति दुःख ब्यक्त गरे । उनले अब भाबी दिनहरुमा कसरी कृषिलाई अगाडि बढाउन सकिन्छ र यस्ता प्रकारका कृषि सहकारीहरुको मदतद्वारा बिषादी मुक्त कृषि उत्पादन  र कृषिलाई कसरी बजारिकरण गर्न सकिन्छ भन्ने बारे आफ्नो ब्यक्तिगत धारणा राखेका थिए । 

कार्यक्रमको दोश्रो चरणको बन्द सत्रमा उक्त संस्थालाई कसरी औपचारिक रुपमा अगाडि बढाउन सकिन्छ भन्ने विषयमा गहिरो छलफल गरि संस्थाका केही प्रस्तावहरु पारित गरिएको थियो । उक्त कार्यक्रमको सहजिकरण संस्थाका उपाध्यक्ष नेत्रप्रसाद पोड्यालले गरेका थिए ।