- सुदिप गिरी
भद्रपुर ।
भद्रपुर ६ मा मुख्य कार्यालय रहेको समृद्धि बचत तथा ऋण सहकारी संस्थाको १२ औ वार्षिक साधारण सभा आज (शनिबार) भद्रपुरमा सम्पन्न भएको छ । संस्थाका अध्यक्ष अम्बरबहादुर भण्डारीको सभापतित्वमा भएको कार्यक्रममा भद्रपुर नगरपालिकाका नगर प्रमुख गणेश पोखरेलको प्रमुख आतिथ्य रहेको थियो ।कार्यक्रममा विशिष्ठ अतिथिहरूमा नगर उप–प्रमुख राधा कार्की, भद्रपुर –५ का बन्दु कार्की, वडा नम्बर ६ का वडाध्यक्ष रतिया राजवंशी, सञ्चालक समितिका उपाध्यक्ष सन्तोष धमलासहित सञ्चालक समितिका पदाधिकारीहरू लगायतको उपस्थिति रहेको थियो ।
स्वागत संस्थाका सञ्चालक समिति सदस्य हिराकुमार श्रेष्ठले गरेको कार्यकममा लेखा सुपरिवेक्षण समितिको प्रतिबेदन लेखा संयोजक बालकृष्ण न्यौपानेले प्रस्तुत गरेका थिए ।
आर्थिक बर्ष २०८०/०८१ असार मसान्तसम्म एक करोड २२ लाख १८ हजार ६०० रूपैयाँ शेयरपुँजी रहेको संस्थामा ३ हजार १ सय ११ जना शेयर सदस्य रहेको संस्थाका अध्यक्ष अम्बरबहादुर भण्डारीले प्रस्तुत गरेको प्रतिवेदना उल्लेख छ । त्यसैगरी बचत संकलनतर्फ ५ करोड २७ लाख १० हजार २५ रूपैयाँ बचत रहेको छ। संस्थाले यस आर्थिक वर्षमा खुद नाफा १ लाख ८१ हजार ८२२ रूपैयाँ ७० पैसा गरेको प्रतिबेदनमा उल्लेख छ ।
भद्रपुरमा मुख्य कार्यालय रहेको संस्थाको पृथ्वीनगर र जलथल सेवा केन्द्रमा गरी संस्थामा हाल १४ जना कर्मचारी रहेको बताइएको थियो । कार्यक्रममा विशिष्ठ अतिथि नगर उप प्रमुख राधा कार्कीलगायतले शुभकामना मन्तबय राखेका थिए ।
कार्यक्रममा उत्कृष्ट बचतकर्ता भद्रपुर कार्यालयबाट ईन्द्र माया लिम्बूलाई र उत्कृष्ट ऋणी तर्फ जेरूदिन शेखलाई तथा पृथ्वीनगर सेबा केन्द्रबाट उत्कृष्ट बचत कर्ता सुमित्रा श्रेष्ठ र उत्कृष्ट ऋणी तर्फ किरण कार्की तथा जलथल सेबा केन्द्रबाट उत्कृष्ट बचत कर्ता सोहन गिरी र उत्कृष्ट ऋणी तर्फ तिर्थ बहादुर भारतीलाई सम्मानित गरिएको थियो । कार्यक्रमको सञ्चालन संस्थाका कोषाध्यक्ष उत्तमकुमार श्रेष्ठले सञ्चालन गरेका थिए।