बिर्तामोड ।
झापा कप २०८१ फुटवल प्रतियोगिताको आय व्यय सार्वजनिक गरिएको छ । झापा ११ फुटवल क्लवद्वारा गत मंसीर २८ गतेदेखि पुुस ८ गतेसम्म झापाको बिर्तामोड– ३ स्थित डोमालाल राजवंशी रंगशालामा आयोजित प्रतियोगिताको हिसाब सार्वजनिक गरिएको हो ।
बिर्तामोडमा शनिवार पत्रकार सम्मेलनको आयोजना गर्दै झापा कप २०८१ का सचिव चेतामणि खनाल (सीए) ले प्रतियोगिताको आय व्यय सार्वजनिक गरेका थिए । क्वलका अध्यक्ष जलकुमार गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा क्लवले प्रतियोगिताबाट एक करोड २ लाख १२ हजार ४ सय चार रुपैयाँ आम्दानी गरेको जानकारी दिइयो ।
त्यस्तै विभिन्न शीर्षकमा खर्च गरी २८ लाख ३० हजार ८ सय ७३ रुपैयाँ प्रतियोगिताबाट आम्दानी गर्न क्लव सफल भएको प्रतियोगिताका संयोजक केशवराज दाहालले बताए । कार्यक्रममा जिल्ला खेलकुद विकास समिति झापाका अध्यक्ष भेषराज भण्डारी प्रशान्तले शुभकामना मन्तव्य राखेका थिए ।