हल्दीबारी ।
झापाको हल्दीबारी गाउँपालिकाको आधारभूत अस्पतालमा थाइराइड परिक्षण उपकरण सञ्चालन गरेर सेवा विस्तार गरिएको छ। गाउँपालिकाका अध्यक्ष रबिन्द्रप्रसाद लिङ्देनले आज (मंगलबार) उपकरणको उद्घाटन गर्दै सेवा विस्तार गरेका हुन् ।
हल्दीबारी गाउँपालिकामा अव थाइराइड, भिटामिन डि, बि १२ लगायतका स्वास्थ्य सेवा परिक्षण गर्न सहज हुने पालिकाका योजना शाखा प्रमुख राजन न्यौपानेले जानकारी दिए ।
सेवा उद्घाटन कार्यक्रममा गाउँपालिका अध्यक्ष रविन्द्रप्रसाद लिङदेन, उपाध्यक्ष लक्ष्मीदेवी मैनाली, अस्पतालका मेडिकल अफिसर एकलव यादवलगायतले उद्घाटन सेवाको संयुक्त रुपमा यद्घाटन गरेका थिए ।