विराटनगर।
मोरङ र सुनसरीबाट लागूऔषध सहित चार जनालाई प्रहरीले पक्राउ गरेको छ । मोरङको पथरी शनिश्चरे नगरपालिका–१० स्थितमा इलाका प्रहरी कार्यालय पथरीबाट खटिएको प्रहरी टोलीले स्थानीय २२ बर्षीय रोशन बिकलाई निषेधित औषधी ट्रमाडोल–३४० चक्की र स्पासपेन–३८० चक्कीसहित नियन्त्रणमा लिएको छ ।
त्यसैगरी प्रहरी चौकी तरहरा सुनसरीले इटहरी उप–महानगरपालिका–२० का २१ बर्षीय मनिष खड्का र ३२ बर्षीय दिपेन थापा मगरलाई ट्रामाडोल र स्पासमो ८० चक्की सहित नियन्त्रणमा लिएको छ भने अस्थायी प्रहरी पोष्ट बरगाछी मोरङबाट खटिएको प्रहरी टोलीले धरान उप-महानगरपालिका–८ का १९ वर्षिय अभिषेक मंग्रान्तीलाई ट्रामाडोल–१०० क्यासप्सुल, प्रतिबन्धित औषधी स्पासपेन–२० चक्की र स्पासमो–३० चक्की सहित नियन्त्रणमा लिएको छ ।
लागूऔषध सहित पक्राउ परेका उनीहरुको थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।