दुर्गापुर ।  

राष्ट्रिय सहकारी बैंकका अध्यक्ष  महेन्द्रकुमार गिरीले  सञ्चालक समिति र  लेखा समितिका व्यक्तिहरुले ऋण नखाए सहकारीको ८० प्रतिशत समस्या  समाधान भएर जाने बताएका छन् । 

बचत तथा ऋणको कारोबार गर्ने सहकारीहरुमै  बढी समस्या देखिएको भन्दै अध्यक्ष गिरीले सञ्चालकहरुकै कारण  झापाका केही सहकारीहरु अप्ठ्यारोमा परेको  धारणा राखेका छन् ।  

बचत तथा ऋण सहकारी संघ झापाको  १३ औं  वार्षिक साधारण सभालाई उद्घाटन गर्दै  उनले भने ‘झापाका धेरै सहकारीहरु बिग्रेका छैनन्, २–४  वटा मात्र बिग्रेका छन् ।’  नेताहरुलाई  ऋण  नदिँदा काठमाडौं जस्तो भयावह अवस्था झापामा नरहेको उनको भनाई छ । 

‘दुई–चार जना नेताले बिरिङ खोला किनारको जग्गा राखेर  सहारामा ऋण खान खोजेका थिए’ सहारा नेपाल साकोसका प्रमुख कार्यकारी अधिकृतसमेत रहेका गिरीले भने ‘त्यसमा लोभिएको भए सायद म पनि जेल जान्थे होला ।’  

उनले सरकारले ल्याएको अध्यादेशलाई सुधार गर्न  सडकदेखि सदनसम्म आवाज  उठिरहेको भन्दै अध्यादेशका केही बुँदा सहकारीको हितमा नदेखिएको बताएका छन् । फाइल तस्वीर