बिर्तामोड । 

बिर्तामोडमा अवस्थित लिङ्कन मन्टेश्वरी स्कुलमा निःशुल्क दन्त परिक्षण शिविर सम्पन्न भएको छ । बिर्तामोड आँखा अस्पतालको व्यवस्थापनमा सञ्चालित रहेको नेशनल एडभान्स डेन्टलको प्राविधिक सहयोगमा शुक्रबार शिविर सम्पन्न भएको हो ।

उक्त शिविरमा विद्यार्थी र अभिभावक गरेर ८० जनाको दन्त परिक्षण गरिएको बिद्यालय ब्यबस्थापन समितीका अध्यक्ष दिनेश ओझाले जानकारी दिए  विद्यालयले प्रत्येक वर्ष बालबालिकाहरुको स्वास्थ्यलाई मध्यनजर गर्दै शिविर सञ्चालन गर्दै आएकोमा यस वर्ष भने दाँतको परिक्षण गरिएको स्कुलका सञ्चालक सरौज पौडेलले बताए ।