उर्लाबारी ।
झापाको बिर्तामोड–२ मा मुख्य कार्यालय रहेको सहारा नेपाल बचत तथा ऋण सहकारी संस्थाले एकाईगत साधारणसभा अन्तरगत आज (शुक्रवार) उर्लाबारी सेवाकेन्द्रको सम्पन्न गरेको छ ।
नेपालकै सवै भन्दा ठूलो सहकारी संस्था सहारा नेपाल साकोसले २८ औं बार्षिक साधारणसभा अन्तरगतको एकाईगत साधारणसभा उर्लाबारीमा सम्पन्न गरेको हो । संस्थाले गत पौष १५ गतेबाट शुरु गरेको एकाईगत तथा उप–एकाईगत साधारणसभा अन्तरगत आज उर्लाबारी सेवा केन्द्रको सम्पन्न गरेको छ ।
समुह सदस्य ममता पाण्डेको अध्यक्षतामा भएको कार्यक्रममा उर्लाबारी नगरपालिका वडा नं. ७ कि वडाध्यक्ष उर्मिला थापाको प्रमुख आतिथ्य रहेको थियो । अध्यक्षको प्रतिवेदन संस्थाकी सञ्चालक समिति सदस्य बिन्दु श्रेष्ठले प्रस्तुत गरेको कार्यक्रममा प्रस्तावित नीति तथा कार्यक्रम ऋण उप–समिति सदस्य नारायणप्रसाद काफ्लेले प्रस्तुत गरेको सहारा नेपाल साकोसका सेवा केन्द्र प्रमुख सिर्जना डाँगीले जानकारी दिइन् । लेखा सुपरिबेक्षण तथा बाह्य लेखा परिक्षण प्रतिवेदन दुधे अनुगमन कार्यालय प्रमुख चुडामणि कट्टेलले प्रस्तुत गरेका थिए ।
सोही कार्याक्रमकाबिच निर्मला दाहाललाई पशु बिमा बितरण बापतको रकम बितरण गरिएको थियो । उनलाई ६० हजार ५०० रुपैयाँको पशु बिमा वापतको रकम बितरण गरिएको बताइएको छ । सेवा केन्द्र प्रमुख सिर्जना डाँगीले स्वागत गरेको कार्यक्रमको सञ्चालन उर्लाबारी सेवा केन्द्र कर्मचारी दुर्गाबहादुर राउतले गरेका थिए ।
संस्थाले यस आर्थिक बर्ष २०८०/२०८१ असार मसान्तसम्म संस्थाको पुँजी तथा दायित्व १६ अर्व ८३ करोड ३३ लाख ३६ हजार ४१०, शेयर पुँजी एक अर्व ६७ करोड ८६ लाख १२ हजार ७००, निक्षेप १२ अर्व ७५ करोड ३७ लाख ६३ हजार २०८, ऋण लगानी १० अर्व ९३ करोड ९४ लाख ६१ हजार ३५८, आम्दानी एक अर्व ९१ करोड ५७ लाख ३७ हजार ४७ रुपैयाँ, खर्च १ अर्व ८० करोड ६३ लाख २१ हजार ५८१ गरेर कुल नाफा १ करोड ९ लाख १५ हजार ४६६ रुपैयाँ गर्न सफल भएको कार्यक्रममा बितरित प्रतिवेदनमा उल्लेख छ ।