झापा । 

सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था लिमिटेडको २८औं वार्षिक साधारण सभा विभिन्न सेवा केन्द्रहरुमा एकाईगत स्पमा भईरहेको छ । सोहि अनुरुप सहारा नेपाल साकोस सेवा केन्द्र मंगलवारे मोरङ्गको आयोजनामा पौष १७ गते उर्लाबारी ३ को स्थानिय दुर्गामन्दिरको सभाहलमा एकाईगत २८औं वार्षिक साधारण सभा सम्पन्न भएको हो । 

 मंगलवारे सेवा। केन्द्रका संयोजक राम प्रसाद भण्डारी सभापतित्व तथा उर्लाबारी वडा नं ३ का वडाध्यक्ष भिष्मराज बुढाथोकीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा संस्थाको बार्षिक प्रगति प्रतिवेदन, आर्थिक प्रतिवेदन, लेखा सुपरिवेक्षण समितीको प्रतिवेदन प्रस्क्त गरिएको थियो । 

कार्यत्रममा नेपाल रेडक्रस सोसाईटी उपशाखा उर्लाबारीका अध्यक्ष भानु पराजुली, सुनपकुवा बचत तथा ऋण सहकारी संस्था लिमिटेडका  अध्यक्ष हेमचन्द्र थापा, स्थानिय समाजसेवी हरिवावु दाहाल लगायतको उपस्थिती रहेका थियो । 

मेरो गौरव मेरो सहारा, सवैकालागि सधैंकालागि भन्ने नारा लिएर २०५२ सालमा स्थापना भएको यस संस्थाको हाल कोशि प्रदेसका ६ वटा जिल्लामा शाखा विस्तार गरि सेवा प्र्‍याउदै आएको छ । झापा, मोरङ्ग, सुन्सरी, इलाम, पाँचथर, उदयपुर गरि जम्मा ८१ वटा केन्द्रहरुबाट १ लाख ७३ हजार २ सय ६५ जना सदस्यहरुलाई उल्लेखनिय सेवा पुर्‍याउदै आएको यो संस्था नेपालकै उत्कृष्ट सहकारीमा गनिन्छ । 

हालको कुलपूजी १६ अर्व, ८३ करोड ३३ लाख ३६ हजार ४ सय १० रुपैयाँ भएको यस संस्थाको शेयर पूँजी १ अर्व, ६७ करोड ८६ लाख १२ हजार ७ सय र निक्षेप १२ अर्व ७५ करोड ३७ लाख ६३ हजार २ सय ८ रुपैयाँ तथा जगेडाकोष १ अर्व २६ करोड भन्दा माथि रहेको सस्थाका अध्यक्ष हरिबहादुर राजवंशीको बार्षिक प्रगति प्रतिवेदन छ । 

विर्तामोड–२ चारपाने झापामा प्रधान कार्यालय रहेको यस सहकारी संस्थाले आकर्षक र प्रभावकारी योजनाहरु लिएर सदस्यहरुको मन जित्दै आएको छ ।