बिर्तामोड ।
नेपालकै सवै भन्दा ठूलो सहकारी संस्था सहारा नेपाल बचत तथा ऋण सहकारी संस्थाले एकाईगत साधारणसभा बिर्तामोडमा गरेको छ । साकोसले आज (बुधवार) २८ औं बार्षिक साधारणसभा अन्तरगतको एकाईगत साधारणसभा बिर्तामोडमा सम्पन्न गरेको हो । झापाको बिर्तामोड–२ स्थित चारपानेमा मुख्य कार्यालय संस्थाले गत पौष १५ गतेबाट शुरु भएको एकाईगत तथा उप–एकाईगत साधारणसभा अन्तरगत आज बिर्तामोडमा सम्पन्न गरेको हो ।
साकोसका सेवा केन्द्र उप–समिति संयोजक कृष्णबहादुर थापाको अध्यक्षतामा भएको कार्यक्रममा कोशी प्रदेशका खानेपानी, सिंचाइ तथा ऊर्जा मन्त्री एकराज कार्कीको प्रमुख आतिथ्य रहेको थियो ।
कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री कार्कीले सहारा नेपाल साकोस देशकै उत्कृष्ट सहकारी भएको बताएका छन् । उनले दुःखी र गरिव तथा बिपन्न नागरिकलाई आयआर्जनमा जोड्दै सहाराले गरेको कार्यको प्रशंसा गरेका छन् । ‘जनताले मकैं, चटपटे, सागशब्जी बेचेर र ठेला कुदाएर साथै लगायतका दुःख गरेर बचत गरेको एक रुपैयाँ, दुई, रुपैयाँ पैसा सहकारीका सदस्यसमेत नरहेका मान्छेले अपचलन गरेको छ’ मन्त्री कार्कीले भने ‘यो कुरालाई रोक्नका लागि साथै सहकारीलाई अनुशासित र मर्यादित बनाउन सहकारी ऐन ल्याउन अध्यादेश आएको छ ।’ सहाराको ब्यवस्थापन पक्ष, सञ्चालक समिति, कर्मचारी, उप समितिका कारण नै देशकै उत्कृष्ट भएको मन्त्री कार्कीले खुलेरै प्रशंसा गरे ।
मन्त्री कार्कीले सहारा नेपालको कार्यक्रम राम्रो सदस्यमैत्रि भएको तथा ब्यवस्थापकिय दक्षताको कारण देशकै उत्कृष्ट भएको उनको भनाई थियो । सहकारी देशको अर्थ ब्यवस्थाको ४ खम्बा मध्ये एउटा रहेकोमा हाल आएर यसलाई नै तहस नहस बनाउने गतिबिधि भई रहको बताउँदै मन्त्री कार्कीले सहाराले सहकारी कस्तो हुनु पर्छ भनेर बलियो जवाफ दिएको बताए । सहकारी संस्था बिपन्न जनताको बचत गर्ने र स्तरबृद्धि गर्ने थलो भएकोले ऋण लिएर बुझाउदिन भन्ने छुट कसैलाई नभएको र आगमि दिनमा कानुनले समेत छुट नदिने उनले बताए ।
सोही कार्यक्रमकाबिच मृतक सदस्यको परिवारलाई परिवार राहत बितरण गरिएको थियो । संस्थाका मृतक शेयर सदस्य ज्ञानेन्द्र राउतको श्रीमती नितु सुवेदी राउतलाई तीन लाख, मृतक चेतनकुमारी सिटौला अधिकारीका श्रीमान जगतबहादुर अधिकारीलाई एक लाख र मृतक सदस्य साबित्रा हुमागाँई पौडेलका श्रीमानलाई २ लाख रुपैयाँ परिवार राहत बितरण गरिएको बिर्तामोड अनुगमन अधिकृत घनश्याम रायले जानकारी दिए ।
कार्यक्रममा संस्थाका उप–निर्देशक संस्थाको नीति तथा कार्यक्रम, द्धितीय उपाध्यक्ष ज्ञानुनाथ मैनालीले अध्यक्षको प्रतिवेदन, लेखा सुपरिवेक्षण समितिको प्रतिवेदन क्षेत्रिय समिति सदस्य दिलिप शर्मा र लेखा परिक्षण प्रतिवेदन सेवा केन्द्र उप–समिति सदस्य सोमलाल लिम्बुल प्रस्तुत गरेको कार्यक्रममा स्वागत उप–समिति सदस्य वुवराज चौहानले गरेका थिए । कार्यक्रमको सञ्चालन बिर्तामोड सेवा केन्द्र प्रमुख सागर ओझाले गरेका थिए ।
कार्यक्रममा प्रस्तुत गरिएको प्रतिवेदन अनुसार आर्थिक बर्ष २०८०/२०८१ असार मसान्तसम्म संस्थाको पुँजी तथा दायित्व १६ अर्व ८३ करोड ३३ लाख ३६ हजार ४१०, शेयर पुँजी एक अर्व ६७ करोड ८६ लाख १२ हजार ७००, निक्षेप १२ अर्व ७५ करोड ३७ लाख ६३ हजार २०८, ऋण लगानी १० अर्व ९३ करोड ९४ लाख ६१ हजार ३५८, आम्दानी एक अर्व ९१ करोड ५७ लाख ३७ हजार ४७ रुपैयाँ, खर्च १ अर्व ८० करोड ६३ लाख २१ हजार ५८१ गरेर कुल नाफा १ करोड ९ लाख १५ हजार ४६६ रुपैयाँ गर्न सफल भएको छ ।
आज बिर्तामोड ३, चारपाने ३, मंगलबारे मोरङ, दुर्गापुर, सिजुवा, विराटचोक, बलिया, शिवगञ्ज, कुमरखोद र दमक सेवाकेन्द्रहरुको संयुक्त एकाईगत साधारण सभा बिर्तामोडमा सम्पन्न गरेको साकोसका उप–निर्देशक दिनेशबहादुर निरौलालले जानकारी दिए ।


















