कनकाई ।
सुभेक्षा बचत तथा ऋण सहकारी संस्थाको १४ औं बार्षिक साधारणसभा तथा पाँचौ अधिबेशनबाट तीन वर्षे कार्यकालका लागि नयाँ नेतृत्व चयन गरेको छ।
झापाको कनकाई–३ सुरुङ्गाको संस्थाको सोमबार सम्पन्न अधिबेशनबाट डिल्लीराम अधिकारीलाई अध्यक्षता चयन गरेको हो । त्यसैगरी उपाध्यक्षमा सुर्य प्रसाद अधिकारी, सचिवमा नारायण थापा सदस्यहरुमा क्रमश युवराज अधिकारी, प्रजिता अधिकारी, हेमबहादुर राई र डिल्लीराम मैनाली (दिनेश) लाई नयाँ समिति चयन गरेको हो ।
संस्थाका अध्यक्ष बालकृष्ण चेम्जोङ्गको अध्यक्षतामा भएको कार्यक्रममा वडा न ३ का वडा अध्यक्ष युवराज चौलागाईंको प्रमुख आतिथ्य रहेको थियो ।