कनकाई । 

दोमुखा बहुउद्देश्यीय  सहकारी संस्थाले २५ औं बार्षिक साधारणसभा सम्पन्न गरेको छ । झापाको  कनकाई–३ सुरुङ्गा साधारणसभा सम्पन्न गरेको हो । संस्थाका अध्यक्ष भरतकुमार थपलियाको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला सहकारी संघ झापाकी उपाध्यक्ष चम्पा खानाल (सुवेदी) को प्रमुख आतिथ्य रहेको थियो ।

स्वागत संस्थाका सदस्य रामजी  देवी गौतमले गरेको कार्यक्रममा कार्यक्रममा संस्थाका अध्यक्ष भरतकुमार थपलियाले प्रतिवेदन गरेका थिए । कार्यक्रमको सञ्चालन संस्थाका सचिव खगेन्द्रप्रसाद खनालले गरेको गरेका थिए । 

सोही कार्यक्रमकाबिच संस्थाले जेष्ठ नागरिक, उत्कृष्ट बचतकर्ता उत्कृष्ट ॠणि, उत्कृष्ट कर्मचारीलाई सम्मान नगदसहित  सम्मान गरेको थियो ।