बिर्तामोड । 

झापा बिर्तामोडमा आयोजित स्थानीय तह स्तरीय अन्तर विद्यालय १५ औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा महेन्द्र रत्न मावि बिर्तामोड–३ प्रथम भएको छ ।

स्वास्थ्यको लागि खेलकुद राष्ट्रको लागि खेलकुदु भन्ने मुख्य नाराको साथ पुस ९ गतेदेखि आयोजित प्रतियोगितामा महेन्द्र रत्न मावि प्रथम भएको हो । यस्तै निधि मावि बिर्तामोड २ द्वितीय र  महेन्द्रज्योती मावि बिर्तामोड १० तृतीय भएका छन् । 

प्रतियोगितामा प्रथम महेन्द्र रत्नले ११ स्वर्ण, ९ रजत र ३ काश्य प्राप्त गरेको छ । यस्तै द्वितीय निधि माविले १० स्वर्ण, ४ रजत र ३ काश्य प्राप्त गरेको छ । यस्तै तृतीय भएको महेन्द्र ज्योतिले १० स्वर्ण र ३ रजत प्राप्त गरेको छ । प्रथम,द्वितीय र तृतीयले क्रमश २० हजार, १५ हजार र १० हजार रुपैयाँ नगद र शिल्ड, प्रमाण पत्र प्राप्त गरेका छन् ।  छात्र तर्फको भलिबल खेलमा निदी स्कुल प्रथम, देवि मावि दोस्रो र न्युटन तेस्रो भएका छन् ।  

विजयी विद्यालय र विद्यार्थीहरुलाई नगरपालिकाको सभाहलमा आयोजित  एक कार्यक्रमका विच नगर प्रमुख पवित्रा महतारा प्रसाई, उप प्रमुख नगेन्द्रप्रसाद संग्रौला, प्रमुख प्रशासकीय अधिकृत मिलन भट्टराई, वडा नम्बर ३ का वडाअध्यक्ष मदन बुढाथोकी र शिक्षा शाखा प्रमुख तिलचन भण्डारीले शिल्ड, मेडल तथा प्रमाण पत्र प्रदान गर्नु भयो ।