झापा । 

सहारा नेपाल बचत तथा ऋण सहकारी संस्थाको इनरुवा सेवा केन्द्रको आयोजनामा वित्तीय साक्षरता तथा पुर्नताजगी तालिम सम्पन्न भएको छ । झापाको बिर्तामोड–२, चारपानेमा मुख्य कार्यालय रहेको देशकै सवैभन्दा ठूला सहकारी सहारा नेपाल साकोसको इनरुवा सेवा केन्द्रले इनरुवा नगरपालिका–२ मेहता टोलमा वितिय साक्षरता तथा पुर्नताजगी कार्यक्रम  सम्पन्न भएको हो ।

गोपी कृष्ण सहारा महिला समूहकी अध्यक्ष लक्ष्मी मेहतको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको छ । वर्तमान समयमा सहकारी क्षेत्रमा देखिएका कतिपय भ्रमहरू हटाई सदस्यहरूलाई संस्थाप्रति सकारात्मक सोचको विकास गराउँदै संस्थाप्रति अपनत्वको अनुभूति गराउने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको थियोे ।

तालिमको सहजस्ीकरण सेवा केन्द्र प्रमुख सुभाष झा र सन्जय प्रधानले गरेका थिए । सेवा केन्द्रका फिल्ड मेनेजर  कर्मचारी सन्जय प्रधानले  सञ्चालन गरेको कार्यक्रममा ३६जना सदस्यको सहभागिता रहेको थियो ।

कार्यक्रममा सदस्य र संस्थाबीच प्रगाढ सम्बन्ध बनाउने योजना तथा संस्थाको वस्तु तथा सेवाको जानकारी गराइएको थियो । बचत तथा कर्जा प्रवाहलाई समय अनुरूप जानकारी गराउँदै समूह गुणस्तरीयता कायम गराउने र लघुवित्त सेवालाई अझ समय सापेक्ष बनाउन वित्तीय साक्षरता कार्यक्रम गरिएको थियो । 

सो कार्यक्रममा सस्थाका विषय बस्तु उपर प्रश्न तयार गरि उपस्थित सहभागीहरु बिच हाजिरी जवाफ कार्यक्रम गरि सहि उतर दिने सदस्यलाई पुरस्कार समेत वितरण गरिएको थियो । 

कार्यक्रमका  सदस्यहरुको संस्थाप्रतिको बुझाई अझ फरक तरिकाले गराउँदै जन्मदेखि मरणसम्म सहारा नेपालले गर्ने कार्यक्रम साथै  संस्थाका वचत सेवा ऋण सेवा रेमीटान्स सेवा मोवाईल वैकिक सेवाका वारेमा सेवा केन्द्र प्रमुख सुभाष झाले प्रष्ट पारेका थिए । सो कार्यक्रममा सेवा केन्द्र कर्मचारी  वरिष्ठ सहायक राजेशकुमार शाह, फिल्ड मेनेजर राम बिनोद रामलगायतको उपस्थित रहेको थियो ।