शनिश्चरे ।
झापाको अर्जुनधारा नगरको शनिश्चरे आधारभूत अस्पतालले ट्युमको सफल शल्यक्रिया गरेको छ । अस्पतालले एक महिलाको आइतवार राइट ओभेरियन सिस्टेक्टोमी अर्थात दायाँ डिम्माशयमा रहेको ट्युमरको सफल शल्यक्रिया गरेको अस्पताल प्रशासनले जनाएको छ ।
अर्जुनधारा–१० की ४४ बर्षिया चन्द्रकुमारी निरौला बिरामी भएर अस्पताल आएर युएसजी परिक्षण गर्दा ८.९ सिएमको ट्युमर देखिएको थियो । युएसजीपछि ट्यमर मार्क पठाउँदा सव नर्मल आएपछि अप्रेशन गरिएको अस्पतालले जनाएको छ ।
हिजो (आइतवार) अस्पताकी स्त्री तथा प्रसुति रोग बिशेषज्ञ डा. दिप्ती कुँवरको नेतृत्वमा ती महिलाको अप्रेसन गरिएको थियो ।
अप्रशेनपछि उनको ८.९ सिएमको ट्युमर निकालिएको र हाल बिरामी निरौलाको अवस्था सामान्य रहेको अस्पताल प्रशासनले जनाएको छ । सफल शल्यक्रियासँगै अर्जुनधारा नगर प्रमुख बलदेवसिंह गोम्देन तामाङले अस्पतालको अनुगमनसँगै बिरामी निरौलाको स्वास्थ्य अवस्था बारे जानकारी लिएका छन् ।