चारपाने । 

सहारा नेपाल बचत तथा ऋण सहकारी संस्थाले मंसीर मसान्तसम्मको बित्तिय बिवरण सार्वजनिक गरेको छ । झापाको बिर्तामोड–२ चारपानेमा मुख्य कार्यालय रहेको साकोसले आज (शनिवार) मंसीर मसान्तसम्मको बित्तिय बिवरण सार्वजनिक गरेको हो । साकोसले १ लाख ८६ हजार ३७१ जना सदस्यको संख्या बनाएको छ । 

संस्थाले सार्वजनिक गरेको मंसीर मसान्तसम्मको बित्तिय बिवरण अनुसार शेयर पुँजी एक अर्व ७० करोड ७ लाख ८ हजार ४०० रुपैयाँ रहेको छ । जगेडा कोष १ अर्व २६ करोड ३६ लाख १७ हजार ४९२, कूल बचत १३ अर्व ३९ करोड ७३ लाख १६ हजार३४, लगानीमा रहेको ऋण ११ अर्व ८ करोड ९६ लाख ९४ हजार ३१४ रुपैयाँ छ । 

त्यस्तै कुल संस्थागत पूँजी १ अर्व ३० करोड ३४ लाख ७१ हजार २९७, विभिन्न कोषहरुको जम्मा रकम १ अर्व २३ करोड ४८ लाख ६४ हजार १२७, कूल सम्पति १७ अर्व ४५ करोड ९२ लाख २९ हजार५२८, तरलता रकम ३ अर्व ९२ करोड ४६ लाख ८४ हजार २३ रुपैयाँ रहेको छ भने बाह्य ऋण नरहेको संस्थाद्धारा जारी बित्तिय बिबरणमा उल्लेख छ । 

त्यसैगरी बाह्य ऋणको प्रतिशत शुन्य, संस्थागत पुँजीको प्रतिशत ७.४७ प्रतिशत, तरलता २९.२९ प्रतिशत, कुल ऋणि सदस्य ७० हजार ९९८ रहेको  संस्थाका कार्यकारी प्रमुख महेन्द्रकुमार गिरी र उप–निर्देशक दिनेशबहादुर निरौलाद्धारा हस्ताक्षरित बित्तिय बिवरणमा उल्लेख छ । 

११ वटा जिल्ला र ८० वटा पालिकाको स्वीकृति पाएको देशकै ठूलो सहकारी संस्था सहारा नेपाल साकोसले ६ वटा जिल्लाका ७० वटा पालिकाका ८१ वटा सेवा केन्द्र, ७ वटा अनुगमन कार्यालय, मुख्य कार्यालयसहित ८९ स्थानबाट सेवा प्रदान गर्दै आएको संस्थाले जनाएको छ ।