हल्दीबारी । 

झापाको हल्दीबारी गाउँपालिका–३ स्थित ढडुवाको कल्याण बचत तथा ऋण सहकारी संस्थाको १३ औ बार्षिक साधारण सभा तथा ५ औ अधिवेशन सम्पन्न भएको छ । आज (शनिवार) भएको अधिवेशनले संस्थाको अध्यक्षमा बण्डा मेचे चयन भएका छन् । अधिवेशनलले सर्व सहमत नयाँ सञ्चालक समिति गठन गरेको छ। पदाधिकारीको सञ्चालक समिति र लेखा समिति पनि चयन भएको छ ।

अध्यक्षमा मेचे, उपाध्यक्षमा डिल्लीराम ढुङ्गेल, सचिवमा बोधकृष्ण पौडेल, सह–सचिवमा तुलसा आचार्य, कोषाध्यक्षमा नगेन्द्र आङ्गबो लिम्बू, सदस्यहरु बिष्णु प्रसाद ओली, मान बहादुर कार्की, कमलप्रसाद ओली, पार्बता भट्टराई, मैयाँ भट्टराई, चन्द्रमाया दर्जी सर्वसम्मत चयन भएका छन् । यसैगरी  लेखा समिति संयोजक  रमेश भण्डारी, सदस्यहरुमा एकदेब खनाल, जनकबहादुर तामाङ चयन भएका हुन् ।

अध्यक्ष नगेन्द्र आङ्बो लिम्बुको अध्यक्षतामा भएको कार्यक्रममा हल्दीबारी–३ का वडाध्यक्ष बिष्णुप्रसाद ओलीको प्रमुख आतिथ्य रहेको थियो ।  कार्यक्रममा शुभ प्रभात कृषि सहकारी संस्थाका  उपाध्यक्ष गोबिन्दप्रसाद घिमिरे, रातमाटे सामुदायिक वन उपभोक्ता समुहका अध्यक्ष जनकबहादुर तामाङ, वडा सदस्य बिष्णुमाया ढुङ्गेल ((कमला), अजित बिष्ट, त्रियुगेश्वर शिवालय मन्दिरका अध्यक्ष डिल्लीप्रसाद पोखरेलरहेका थिए ।

स्वागत संस्थाका उपाध्यक्ष  डिल्लीराम ढुङ्गेलले गरेको कार्यक्रममा   अध्यक्ष आङ्गबोले अध्यक्षको प्रतिवेदन र लेखा प्रतिवेदन लेखा संयोजक रमेश भण्डारीले प्रस्तुत गरेका थिए । कार्यक्रम खुला सत्रमा  ज्येष्ठ नागरिकका रुपमा कमला दाहाल, सम्बारी मेचे, रतनी महतो, धनलाल मेचे, सुरेन्द्र महतो, फलारी मेचे, मायादेवी आङ्खेवालाई सम्मान गरिएको थियो ।

त्यसैगरी उत्कृष्ट कर्मचारी रिमा थापा, उत्कृष्ट छात्रा सामुदयिक स्कुलबाट तनुजा पौडेल, निजिबाट सुवेक्क्षा रेग्मी, उत्कृष्ट बचत कर्ता छडन्द्रमाया मेचे, उत्कृष्ट ऋणीमा मोटी मेचे, बाल बचतमा प्रबिसा दाहाललाई सम्मान गरिएको बताइएको छ ।