मोरङ ।
झापाको बिर्तामोड–२ चारपानेमा रहेको नेपालकै सवैभन्दा ठूलो सहकारी सहारा नेपाल बचत तथा ऋण सहकारी संस्थाको मोरङको मंगलबारे सेवा केन्द्रले संस्थाको वस्तु तथा सेवा सम्बन्धि अभिमुखिकरण एवम् वस्तु सेवाको प्रदर्शनी कार्यशाला सम्पन्न गरेको छ । सेवा केन्द्रले उर्लावारी नगरपालिका–२ सुनझोडा सामुदायीक वनको सभाहलमा बिहिबार अभिमूखिकरण सम्पन्न गरेको हो ।
सेवा केन्द्र सञ्चालन सहयोग उप–समिति संयोजक रामप्रसाद भण्डारीको अध्यक्षता र उर्लावारी –२ का वडाध्यक्ष राजन कडेलको प्रमुख आतिथ्य तथा साकोसका सलकपुर अनुगमन अधिकृत महेश तामाङको विशेष आतिथ्यमा कार्यक्रम सम्पन्न गरेको हो । अभिमूखिकरण कार्यक्रममा सेवा केन्द्र मंगलवारे अन्तर्गत आबद्ध करिब ५१ जना शेयर सदस्यहरुको उपस्थिति रहेको थियो ।
कार्यक्रममा सुनझोडा सामुदायीक वन उपभोक्ता समितिका अध्यक्ष वलवहादुर धिमाल, सहयोग समिति सदस्य शालिकग्राम ढकाल पनि आतिथ्यता रहेको थियो । सेवा केन्द्रका कर्मचारी प्रकाश श्रेष्ठले सञ्चालन तथा सेवा केन्द्रमा कार्यरत कर्मचारी शेरवहादुर कटुवालको व्यवस्थापनमा कार्यक्रम सम्पन्न भएको थियो ।
कार्यक्रममा संस्थाका विभिन्न वस्तु तथा सेवा सम्बन्धि आफ्ना शेयर सदस्यहरुलाई जानकारी गराईएको थियो । हाल सबै सहकारीहरुलाई एउटै नजरले हेर्ने र नकारात्मक भावना दिनानुदिन वृद्धि भईरहेको कारणहरु बारे सहभागीलाई जानकारी गराइएको थियो ।
पारदर्शिता, शेयर सदस्यको संस्था प्रतिको भूमिका, सदस्यले प्राप्त गर्ने विभिन्न प्रकृतिका सेवा सुविधाका बारे कार्यक्रममा जानकारी गराइएको थियो । संस्थाले वर्तमान अवस्थामा वातावरणमैत्री कार्यलाई जोड दिदै विद्युतीय चुल्होको प्रयोगबाट व्यक्ति तथा समुदाय अनि सिंगो राज्यमा पर्ने सकारात्मक प्रभाव साथै संस्थामा प्रयोग हुँदै आइरहेका विभिन्न प्रविधिमैत्री सेवाहरु बारे जानकारी गराइएको थियो।
मोबाइल बैकिङ, एटिएम, क्युआर कोर्डलगायतको प्रयोगलाई सदस्यमैत्री बनाउन सकियोस भन्ने अभिप्रायले प्रविधिको प्रयोग गर्न सिकाइका लागि प्रयोगात्मक रुपमा नै अभिमुखिकरण गराउन कार्यशालाको आयोजना गरिएको सेवाकेन्द्र प्रमुख त्रिलोचन तिम्सिना जानकारी गराए ।
कार्यक्रममा विषेश अतिथि अनुगमन अधिकृत महेश तामाङले संस्था हाल नेपालको नम्बर १ सहकारीको रुपमा पहिचान बनाइ रहँदा सदस्यहरुमा वित्तिय साक्षरताको ज्ञान कुन तहसम्म हुनुपर्ने, प्रविधिको पहुँचमा रहेका तर प्रयोग गर्न विभिन्न असहजताहरु पाएकोले प्रयोगात्मक रुपमा सिकाई आवश्यक रहेको बताए। संस्थाप्रतिको सदस्यको लगावलाई निरन्तरता दिन सकेको खण्डमा संस्थाको उचाई थप वृद्धि गर्न मद्धत मिल्न सक्ने उनको भनाई थियो ।
कार्यक्रममा उप–समिति संयोजक रामप्रसाद भण्डारीले धेरै सदस्यहरुलाई वित्तिय कारोवार एवम् प्रविधिमैत्री कारोवारमा अब्बल वातावरणमैत्री बनाउन, वस्तु तथा सेवाहरुको प्रयोगमा अब्बल बनाउन संस्थाले आवश्यकतानुसार विभिन्न यस्ता कार्यशालाहरु सञ्चालन गर्दै आइरहेको बताए। सदस्यहरुको सक्रिय र सकारात्मक साथ सदा रहन सकोस भन्ने अपेक्षा र विश्वास संस्थाको रहेको उनले जानकारी दिए ।
कार्यक्रममा सहभागी शेयर सदस्यहरु उर्मीला ढकाल, विमला धिमाल, वन्दमाया तामाङलगायतले आफू आबद्ध मुलुककै अग्रणी सहकारी संस्थाको रुपमा आफ्नो पहिचान बनाइसकेको बताउँदै संस्थाका विभिन्न वस्तु तथा सेवाहरु एवम् प्रविधिमैत्री प्रयोगात्मक कार्यशाला कार्यक्रममा सहभागी भएर प्रत्यक्ष लाभ लिन पाएकोप्रति खुसी ब्यक्त गरेका थिए ।