बिर्तामोड ।
झापाको बिर्तामोड–४ मा मुख्य कार्यालय रहेको कर्णाली बचत तथा ऋण सहकारी संस्थाले २५ औं बार्षिकोत्सवका अवसरमा रजत मोत्सव शुभारम्भ समारोह गरेको छ । रजत महोत्सवका अवसरमा जेष्ठ नागरिक सम्मान तथा छात्रबृत्ति बितरण कार्यक्रम गरेको छ ।
साकोसले आज( बिहीवार) बिर्तामोडमा २५ जना जेष्ठ नागरिक सम्मान तथा २५ जना सबद्यार्थीलाई छात्रवृत्ति वितरणसँगै रजत महोत्सव शुभारम्भ गरेको हो ।
जेष्ठ नागरिक सम्मानका लागि छनौट भएका ६७ जना मध्य २५ जना र छात्रवृत्तिका लागि छनौट भएका एक सय बिद्यार्थी मध्ये २५ जनालाई छात्रबृत्ति प्रदान गर्दै रजत महोत्सव शुभारम्भ गरेको संस्थाका अध्यक्ष टसबहादुर प्रधानलले बताएका छन् ।
जेष्ट नागरिक सम्मान र छात्तवृत्तिका लागि छनौट गरिएका अन्यलाई सेवा केन्द्रबाटै बिशेष कार्यक्रम आयोजना गरी सम्मान तथा छात्रवृत्ति प्रदान गरिने अध्यक्ष प्रधानलले बताए । उनका अनुसार आगामी फागुन फागुन १८ गते बिशेष रजत महोत्सव मनाउने संस्थाको योजना रहेको छ ।
संस्थाका अध्यक्ष टसबहादुर प्रधानको अध्यक्षतामा भएको कार्यक्रममा बिर्तामोड नगरपालिकाकी नगर प्रमुख तथा कार्यक्रमकी प्रमुख अतिथि पबित्रा महतरा प्रसाई र झापा जिल्ला सहकारी संघका अध्यक्ष गणेश ढकाललेलगायतले सम्मान गरेका थिए । एसईईमा ३.०२ जिपिए ल्याउन सफल बिद्यार्थीलाई जनही ५ हजार र ७० बर्ष पूरा गरेका संस्थाका सदस्य तथा १० बर्षदेखि शेयर सदस्य बनेर नियमित कारोबार गर्ने २५ जना सदस्यलाई नगदसहित सम्मानपत्रले सम्मान गरिएको थियो । अगामी दिनमा छात्रबृत्ति र जेष्ठ नागरिक सम्मानको रकमलाई बृद्धि गरिने संस्थाले जनाएको छ ।
स्वागत संस्थाका उपाध्यक्ष रामकुमार गौतमले गरेको कार्यक्रममा संस्थाको आगामी योजना र वस्तुस्थिति बारेमा जानकारी गराउँदै कार्यक्रमको औचित्यमाथि प्रकाश संस्थाका अध्यक्ष प्रधानले स्पष्ट पारेका थिए । कार्यक्रममा नगर प्रमुख प्रसाई, झापा जिल्ला सहकारी संघका अध्यक्ष ढकाललगायतले शुभकामना मन्तव्य राखेका थिए भने कार्यक्रमको सञ्चालन संस्थाका सचिव भूपाल बस्नेतले गरेका थिए ।
कार्यक्रममा बिर्तामोड–५ का कार्यवहाक वडाध्यक्ष दुर्गाप्रसाद शिवाकोटी, जिल्ला बचत संघ झापाका बरिष्ठ उपाध्यक्ष उपेन्द्रप्रसाद ओली, संस्थाका कोषाध्यक्ष एकराज बिष्टलगायतको उपस्थिति रहेको थियो । झापा, मोरङ र इलाम गरी तीन जिल्ला कार्यक्षेत्र रहेको संस्थामा करिव ५६ हजार शेयर सदस्य रहेका छन् ।