झापा ।
३०३ औं पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसका अवसरमा चारआलीस्थित अरिदमन गणमा विद्यार्थीहरुका लागि खेलकुद प्रतियोगिता सञ्चालन गरिएको छ ।
पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसलाई भव्य रुपमा मनाउन नेपाली सेनासँग सहकार्य गरेका झापा जिल्लामा रहेका विद्यालयहरुलाई सहभागी गराई आइतदेखि फुटबल, भलिवल, हाजिरी जवाफ, कविता, वक्तृत्वकला, चित्रकलालगायतका प्रतियोगिता सञ्चालन गरिएको गणपति प्रमुख सेनानी प्राजु बस्न्यातले जानकारी दिएका छन् ।
प्रतियोगितामा झापा मोडल, एरा एभरग्रीन, टावर टेम्पल, इस्ट होराइजन र स्वस्तिका शिशु सदनका विद्यार्थीहरु सहभागी छन् ।
टावर टेम्पल र झापा मोडेलबीच छात्र फुटवल, टावर टेम्पल र एरा एभरग्रीनबीच छात्रा भलिवल, ईष्ट होराईजन र एरा एभरग्रीनबीच छात्र भलिवलका साथै हाजिरीजवाफ र पृथ्वीनारायण शाहको जीवनीमा आधारित वक्तृत्वकला प्रतियोगिता भएको थियो ।
आज कविता र चित्रकला प्रतियोगिता सञ्चालन गरिने प्रमुख सेनानी बस्न्यातले जानकारी दिए । प्रतियोगिताको समापन पुष २ गते हुने जनाइएको छ ।