बुट्टाबारी । 

झापाको बिर्तामोडको न्यूटन्स एकाडेमी एजुकेशनले २० औं खेलकूद कार्यक्रम बिविध कार्यक्रम गरेर मनाएको छ । बिद्यालयले आज (शनिवार) एभरेष्ट स्मार्ट स्कुलको खेल मैदानमा दौंड, ब्याडमिटन, चेस्स, टेवल टेनिस, म्याथम्याटिकल रेस, स्पुनमार्वल, म्युजिक चियर, थ्रेडनिडल, १०० र २०० मिटर रेस, स्कीपिङ रेस, बुक ब्यालेन्स  कोक फाइटलगायतका खेलकूद गरेर मनाएको हो । 

न्यूटन्स एजुकेशन एकेडेमीका कार्यबहाक अध्यक्ष गोपी प्रसाईको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा बिर्तामोड–५ का कार्यवहाक वडाध्यक्ष ओमभक्त सेडाईको प्रमुख आतिथ्य रहेको थियो । 

कार्यक्रममा प्रमुख अतिथि सेडाई, हिसान झापाका कार्यवहाक अध्यक्ष उत्तम खनाललगायतले शुभकामना मन्तव्य राखेका थिए ।  उद्घाटन कार्यक्रममा न्यूटन्सको अभिभावक संघ इकाई उपाध्यक्ष गौरी भण्डारी, हिसान झापाका कोषध्यक्ष रन्जित शाह, बिद्यालयका प्रवन्ध निर्देशक आशिष प्रसाईलगायत अभिभावक, शिक्षक, बिद्यार्थी, बिभिन्न संघ/संस्थाका प्रमुख तथा प्रतिनिधिको आतिथ्य रहेको थियो । 

स्वागत बिद्यालयका प्रिन्सिपल देबेन्द्र हुमागाईले गरेको कार्यक्रमको सञ्चालन शिक्षिका पवित्रा पौडलले गरेकी थिइन् भने शहजीकरण एकाडेमी इन्चार्ज नोयल परेलाले गरेका थिए । सोही कार्यक्रमकाबिच बिद्यार्थीहरुले बिभिन्न सांस्कृतिक कार्यक्रमसमेत प्रस्तुत गरेका थिए ।