झापा ।
झापाको बिर्तामोड–२ चारपानेमा मुख्य कार्यालय रहेको सहारा नेपाल बचत तथा ऋण सहकारी संस्थाको सेवा केन्द्र मंगलबारेको आयोजनामा वितिय साक्षरता तथा पुर्नताजगी कार्यक्रम सम्पन्न भएको छ । सेवा केन्द्रले उर्लावारी नगरपालिका–४नमुना टोलमा आज (बिहीवार) वितिय साक्षरता तथा पुर्नताजगी कार्यक्रम सम्पन्नगरेको हो । सो कार्यक्रमको साथी सहारा महिला समूह का अध्यक्ष पवित्रा कार्कीले गरेकी थिइन् ।
वर्तमान समयमा सहकारी क्षेत्रमा देखिएका कतिपय भ्रमहरू हटाई सदस्यहरूलाई संस्थाप्रति सकारात्मक सोचको विकास गराई संस्थाप्रति अपनत्वको अनुभूति गराउने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको थियोे ।कार्यक्रममा सेवा केन्द्र प्रमुख त्रिलोचन तिम्सिना, शेरबहादुर कटुवाल, प्रकाश श्रेष्ठ संस्थाका युवा सदस्य तथा स्वास्थ्य विमा अभिकर्ता विपिन कोईरालाले सहजीकरण गरेका थिए ।
सेवा केन्द्रका वरिष्ठ सहायक कर्मचारी शेरवहादुर कटुवालले सञ्चालन गरेको कार्यक्रममा २८ जना सदस्यको सहभागिता रहेको थियो ।कार्यक्रममा सदस्य र संस्थाबीच प्रगाढ सम्बन्ध बनाउने योजना तथा संस्थाको वस्तु तथा सेवाको जानकारी गराउनुका साथै स्वास्थ्य विमालाई सदस्य सामु जानकारी गराइएको थियो ।
बचत तथा कर्जा प्रवाहलाई समय अनुरूप जानकारी गराउँदै समूह गुणस्तरीयता कायम गराउने र लघुवित्त सेवालाई अझ समय सापेक्ष बनाउन वित्तीय साक्षरता कार्यक्रम गरिएको थियो । सो कार्यक्रममा सस्थाका विषय बस्तु उपर प्रश्न तयार गरि उपस्थित सहभागीहरु बिच हाजिरी जवाफ कार्यक्रम गरि सहि उतर मिलाउने सदस्यलाई पुरस्कृत समेत गरिएको थियो ।
कार्यक्रमका सहजकर्ताहरूले सदस्यहरुको संस्था प्रतिको बुझाई अझ फरक तरिकाले गराउँदै जन्मदेखि मरणसम्म सहारा नेपालले गर्ने कार्यक्रमका बारेमा सदस्यहरूलाई सेवा केन्द्र प्रमुख त्रिलोचन तिम्सिनाले प्रस्ट पारेका थिए । संस्थाका वचत सेवा ऋण सेवा रेमीटान्स सेवा मोवाईल वैकिक सेवाका वारेमा कर्मचारीद्वय शेरवहादुर कटुवाल र प्रकाश श्रेष्ठले स्पष्ट पारेका थिए । कार्यक्रममा सदस्यहरूले महिला लक्षित र उद्यमशीलता सम्बन्धी तालिम सञ्चालन गर्नुपर्ने सुझाव दिएका थिए ।


















