चारपाने ।
सहारा नेपाल बचत तथा ऋण सहकारी संस्थाले कार्तिक मसान्तसम्मको बित्तिय बिवरण सार्वजनिक गरेको छ । झापाको बिर्तामोड–२ चारपानेमा मुख्य कार्यालय रहेको साकोसले कार्तिक मसान्तसम्ममा १ लाख ८५ हजार ३३६ जना सदस्यको संख्या बनाएको छ ।
संस्थाले सार्वजनिक गरेको असोज मसान्तसम्मको बित्तिय बिवरण अनुसार शेयर पुँजी एक अर्व ६९ करोड ८९ लाख १९ हजार ३०० रुपैयाँ रहेको छ ।
जगेडा कोष १ अर्व २६ करोड ३६ लाख १७ हजार४९२, कूल बचत १३ अर्व २४ करोड ४९ लाख २६ हजार ११६, लगानीमा रहेको ऋण ११ अर्व ९१ लाख ४५ हजार २०६ रुपैयाँ छ ।
त्यस्तै कुल संस्थागत पूँजी १ अर्व ३० करोड ३४ लाख ७१ हजार २९७, विभिन्न कोषहरुको जम्मा रकम १ अर्व २० करोड २२ लाख ७१ हजार ९९४, कूल सम्पति १७ अर्व ३६ करोड ९२ लाख ५५ हजार ९०५, तरलता रकम ४ अर्व ३८ करोड ५ लाख ९९ हजार १३८ रुपैयाँ रहेको छ भने बाह्य ऋण नरहेको संस्थाद्धारा जारी बित्तिय बिबरणमा उल्लेख छ ।
त्यसैगरी बाह्य ऋणको प्रतिशत शुन्य, संस्थागत पुँजीको प्रतिशत ७.५ प्रतिशत, तरलता ३३.०७ प्रतिशत, कुल ऋणि सदस्य ७१ हजार ११३ रहेको संस्थाका कार्यकारी प्रमुख महेन्द्रकुमार गिरी र उप–निर्देशक दिनेशबहादुर निरौलाद्धारा हस्ताक्षरित बित्तिय बिवरणमा उल्लेख छ ।
११ वटा जिल्ला र ८० वटा पालिकाको स्वीकृति पाएको देशकै ठूलो सहकारी संस्था सहारा नेपाल साकोसले ६ वटा जिल्लाका ७० वटा पालिकाका ८१ वटा सेवा केन्द्र, ७ वटा अनुगमन कार्यालय, मुख्य कार्यालयसहित ८९ स्थानबाट सेवा प्रदान गर्दै आएको संस्थाले जनाएको छ ।