सुरुङ्गा ।
झापाको सुरुङ्गामा जारी कनकाई वडास्तरीय दशैतिहार कप फुटबल प्रतियोगिताको उपाधि कनकाई–३ ले जितेको छ । बुधवार सम्पन्न फाइनल खेलमा कनकाई–३ ले ५ लाई १—० गोल अन्तरले पराजित गर्दै उपाधि हात पारेको हो ।
उपाधिसँगै कनकाई–३ ले नगद ७१ हजार रुपैँयाँ प्राप्त गर्यो भने उप–बिजयी हुने टिम ५ नम्बरले नगद ३५ हजारमा चित्त बुझायो । कनकाई ३ को लागि छितिज कुँबर नायक बने खेलेका सबै खेलमा म्यान अफ द म्याच बन्न सफल कुँवरले आफ्नो टिमका लागि खेलको १९ औ मिनेटमा सुन्दर गोल गर्दै टिमलाई बिजयी बनाए । कुँबले छातीले वल रोक्दै अगाडि बढाएर सोझै गोल पोस्टमा वल छिराएका थिए । छितिज फाइनल खेलको पनि म्यान अफ द म्याच घोषित भए । उनले नगद १५ सय प्राप्त गरे ।
बिजयी हुने टिम तथा उपबिजयी हुने दुबै टिमलाई कार्यक्रमका प्रमुख अतिथि झापा क्षेत्र नम्बर ४ का सांंसद एलपी साँबा लिम्बु, प्रदेश सांसद राधाकृष्ण खनाल, कनकाई नगरपालिकाका प्रमुख राजेन्दकुमार पोखरेल, उपप्रमुख आशाशर्मा शिवाकोटी, संविधानसभा सदस्य अम्बिका राजवंशी, कनकाई–३ का वडाअध्यक्ष युवराज चम्लगाई, आयोजक समितिका ख्याम ओली, आशिस संग्रौला, नविन सुवेदीलगायातले नगद र ट्रफि प्रदान गरेका थिए ।
यसैगरि यस खेलमा विधागत तर्फको सर्वोकृष्ट खेलाडी कनकाई–३ का आदित्य बाँनिया भए । उनले नगद ५ हजार प्राप्त गरे । यसैगरि हाईस्कोरकर्ताका रुपमा कनकाई ५ का रोचन लिम्बु भए उनले समेत नगद ५ हजार रुपैँया प्राप्त गरे । उत्कृष्ट गोलकिपर कनकाई–३ का विवेक वाग्ले र उत्कृष्ट डिफेन्डर कनकाई–३ कै विशाल र्मुर्मु भए उनीहरुले पनि नगद ५ हजार प्राप्त गरे ।
त्यस्तै कनकाई नगरपालिका क्षेत्रबाट खेल खेलेर हाल राष्ट्रिय टिमबाट प्रतिनिधित्व गरिरहने पुरुष फुटबलका राष्ट्रिय खेलाडी रोहन कार्की र महिला तर्फकी खेलाडी सिम्रन राईलाई समेत नगद ५ हजारसहित सम्मान गरिएको थियो । कनकाई माविको खेल मैदानमा गत कार्तिक ९ गतेदेखि १४ गतेसम्म सञ्चालन भएको प्रतियोगितालाई होटल डिलाईट र भूतपूर्व अमेरिकी सैनिक आशिस संग्रौलाले आयोजना गरेका थिए ।