बिर्तामोड।

साहस उर्जा लिमिटेडको अध्यक्षमा हिमप्रसाद पाठक चयन भएका छन् । गत आइतबार सम्पन्न कम्पनीको वार्षिक साधारण सभाले गठन गरेको संचालक समितिले पाठकलाई अध्यक्षमा चयन भएका हुन् ।

समितिको जेष्ठ सदस्य मुक्तिराम पाण्डेको अध्यक्षतामा कात्तिक ७ गते बुधवार बसेको संचालकहरुको बैठकले पाठकलाई अध्यक्ष चयन गरेको हो । आइतबार कम्पनीको संस्थापक समूहको तर्फबाट महेन्द्रकुमार गिरी, शुसिल थापा, मुक्तिराम पाण्डे सञ्चालक(निर्देशक) मा चयन भएका छन् ।

यस्तै, समितिमा सर्वसाधारणको तर्फबाट गरिमा अधिकारी (महिला सेयरधनीको प्रतिनिधित्व) र आङ गेलु शर्पा रहेको छन् । यता, स्वतन्त्र संचालकमा भने विभुती ओझा चयन भएको कम्पनीले जनाएको छ ।

साहस उर्जाको सञ्चालकमा चयन भएका गिरी झापा बिर्तामोड निवासी हुन् । सहकारी अभियन्ताको रुपमा परिचय बनाएका गिरी दशकदेखि उर्जा क्षेत्रमा समेत सक्रिय छन् ।

साहस उर्जाले यसअघि निजी क्षेत्रको लगानीमा सबैभन्दा ठूलो ८६ मेगावाटको सोलु–दुधकोशी जलविद्युत परियोजना सफल रुपमा सम्पन्न गरी सञ्चालनमा ल्याएको छ भने ३४१ मेगावाटको बुढीगण्डकी जलविद्युत परियोजनाको निर्माण अघि बढाएको छ ।