चारपाने । 

सहारा नेपाल बचत तथा ऋण सहकारी संस्थाले असोज मसान्तसम्ममा शेयर सदस्य संख्या बृद्धि गरेको छ । झापाको बिर्तामोड–२ चारपानेमा मुख्य कार्यालय रहेको साकोसले भदौं मसान्तसम्ममा १ लाख ७४ हजार ५३९ जना रहेका सदस्यको संख्या असोज मसान्तसम्ममा १ लाख ८४ हजार ८२३ जना पुर्याउन सफल भएको छ । अघिल्लो महिनाको तुलनामा १० हजार २८४ जना सदस्य थप भएका छन् । 

संस्थाले सार्वजनिक गरेको असोज मसान्तसम्मको बित्तिय बिवरणमा सो सदस्य संख्या उल्लेख छ ।  संस्थाले बुधवार सार्वजनिक गरेको बित्तिय बिवरण अनुसार शेयर पुँजी एक अर्व ६९ करोड ५८ लाख ९०० हजार ६०० रुपैयाँ रहेको छ । 

जगेडा कोष १ अर्व २६ करोड १३ लाख ७९ हजार ७३४, कूल बचत १३ अर्व १५ करोड ६ लाख ४ हजार २९५, लगानीमा रहेको ऋण ११ अर्व १२ करोड ४९ लाख ८२९ रुपैयाँ छ । 

त्यस्तै कुल संस्थागत पूँजी १ अर्व २९ करोड ८८ लाख ५१ हजार ७८०, विभिन्न कोषहरुको जम्मा रकम १ अर्व १ करोड १० लाख ७७ हजार ५७९, कूल सम्पति १७ अर्व १८ करोड ४४ लाख १५ हजार २०१, तरलता रकम ४ अर्व १२ करोड ३८ लाख ४३ हजार ७२५ रुपैयाँ रहेको छ भने बाह्य ऋण नरहेको संस्थाद्धारा जारी बित्तिय बिबरणमा उल्लेख छ । 

त्यसैगरी बाह्य ऋणको प्रतिशत शुन्य, संस्थागत पुँजीको प्रतिशत ७.५५ प्रतिशत, तरलता ३१.३५ प्रतिशत, कुल ऋणि सदस्य ७१ हजार २५२ रहेको  संस्थाका कार्यकारी प्रमुख महेन्द्रकुमार गिरी र निर्देशक लक्ष्मण खतिवडाद्धारा हस्ताक्षरित बित्तिय बिवरणमा उल्लेख छ । 

११ वटा जिल्ला र ८० वटा पालिकाको स्वीकृति पाएको देशकै ठूलो सहकारी संस्था सहारा नेपाल साकोसले ६ वटा जिल्लाका ७० वटा पालिकाका ८१ वटा सेवा केन्द्र, ७ वटा अनुगमन कार्यालय, मुख्य कार्यालयसहित ८९ स्थानबाट सेवा प्रदान गर्दै आएको साकोसका निर्देशक लक्ष्मण खतिवडाले जानकारी दिए ।