झापा । 

झापाको भद्रपुर नगरपालिका वडा नम्बर ३ झोलुङ्गे पुलबाट लागू औषधसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । भारतबाट नेपालतर्फ आउँदै गरेको मे ११ प ९६४७ नम्बरको कालो पल्सर मोटरसाईकल चालक हल्दीबारी गाउँपालिका वडा नम्बर २ का २५ बर्षिय बिष्णु राजवंशी पक्राउ परेका हुन् । 

उनलाई शसस्त्र प्रहरी बल नेपाल बिओपी महेशपुरबाट दिएको गोप्य सुचनाको आधारमा प्रहरी टोलीसहित खटिएको टोलीले शुक्रवार दिउँसो नियन्त्रणमा लिएको हो । 

राजवंशीलाई शंका लागेर चेकजाँच गर्ने क्रममा उनले मुख भित्र प्लाष्टिकले पोका पारी लुकाइ छिपाइ ल्याउँदै गरेको लागूऔषध ब्राउन सुगर प्लाष्टिक बाहेक १ ग्राम ९५० मिलिग्राम फेला परेको प्रहरीले जनाएको छ । 

लागू औषध फेला परेसँगै उनलाई मोटरसाईकलसहित नियन्त्रणमा लिएर सो सम्बन्धमा थप अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।