झापा । 

दक्षिण एसियाली फुटबल महासंघ (साफ) महिला च्याम्पियनसिपको सातौँ संस्करणको आजदेखि दशरथ रङ्गशालामा हुँदैछ । प्रतियोगितामा सात वटा देशको प्रतिस्पर्धा हुनेछ । 

प्रतियोगितामा नेपालसहित माल्दिभ्स, पाकिस्तान, श्रीलङ्का, भारत, भुटान र बङ्गलादेश सहभागी हुने अखिल नेपाल फुटबल संघ (एन्फा) ले जनाएको छ । 

एन्फाका अनुसार प्रतियोगितामा सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । साविक विजेता बङ्गलादेशसहित भारत र पाकिस्तान समूह ‘ए’ मा छन् भने समूह ‘बी’ मा नेपालसँगै भुटान, श्रीलङ्का र माल्दिभ्स परेका छन् ।

प्रतियोगिताको उद्घाटन खेल आज भारत र पाकिस्तानबीच हुनेछ भने भोलि (शुक्रबार) नेपाल र भुटानबिच हुनेछ । प्रतियोगिताको फाइनल खेल कात्तिक १४ गते हुने बताइएको छ ।