• अभिषेक खतिवडा 

कमल।

 झापाको कमल गाउँपालिका वडा नम्बर ५ मा रहेको  मङ्गलबारे बजारमा देशकै राष्ट्रिय खेल भलिबलको खेलाडीको शालिक बन्ने तयारी भएको छ ।

मङ्गलबारे बजारमा रहेको सगुन युवा क्लवको अग्रसरमा स्थानीय देश विदेशमा रहेका युवाहरुबाट प्राप्त सहयोग रकमबाट उक्त शालिक निर्माणको काम सम्पन्न हुने भएको छ ।

सोमवार कमल गाउँपालिकाका अध्यक्ष हुकुम सिंंह राईले सो कार्यको बैदिक विधि अन्तर्गत शिलान्यास गरेका छन्  । उनी क्लवका संस्थापक अध्यक्ष रह्नु भएको समेत बताइएको छ ।

सगुन युवा क्लबले बिगत २८ बर्षदेखि स्थानियदेखि अन्तराष्ट्रिय स्तरका भलिबल प्रतियोगिताहरु सञ्चालन गर्दै आएको र देशमै छुट्टै खालको ख्याति कमाएको छ ।

नेपालमा जुन बेला आधुनिक भलिबल खेल देशमै धरासायी भएको अवस्था थियो। त्यो समय कमलमा सगुन युवा क्लवले भलिबलको संरक्षणमा खेलेको भुमिकालाई सम्मान र सम्झनामा खेलाडीको शालिक निर्माण गरिएको पूर्व राष्ट्रिय भलिबल खेलाडी तथा सगुनका सचिव रोशन दाहालले दावी गरेका छन् । 

क्लवले कमलमा नेपालको राष्ट्रिय खेल भलिबल खेलाडी (अमुख ब्यक्ति) को शालिक आउँदै गरेको चाड दशै भन्दा अगाडि नै सम्पन्न गर्ने कोसिस गरिरहेको समेत दाहालले जानकारी दिएका छन्।