बिर्तामोड ।

 छोरीको उपचारका लागि चारैतिर भौतारिए कतै विसेक भएन् तर झापाको बिर्तामोडमा सञ्चालित चिल्ड्रेन हस्पिटल मेरो लागि सबैभन्दा ठूलो आशा र भरोसा बन्यो– इलाम सूर्योदय नगरपालिका–१२ तिनघरेकी युवता श्रेष्ठले भनिन् । आफ्नी ६ वर्षीया छोरी युवेस्मा श्रेष्ठ ज्वरोले थलिए पछि उनले तिनघरेकै क्लिनिक, फिक्कल, बुधबारे तथा भारतको सिलगुडीसम्म पु¥याएर उपचार गरिन् तर कतै पार नलागेपछि अन्तिम अवस्थामा चिल्ड्रेन हस्पिटल ल्याइन् । उनको अवस्था जटिल रहेको तर चिकित्सकको निरन्तरको निगरानीमा उपचार सम्भव भएको चिल्ड्रेन हस्पिटलका प्रबन्ध निर्देशक समेत रहेका नवजात शिशु तथा बालरोग विशेषज्ञ डा. रुपक आर्चायले बताए ।

उनले भने– नानीलाई अस्पताल ल्याउदा ज्वरो आएको लभगभ २५ दिन बितिसकेको रहेछ । उनको कलेजो, मुटु, रगत, मृगौला, फोक्सो लगायत शरिरका अधिकांश भागमा संक्रमण फैलिसकेको थियो । बच्चाको मुटु, फोकसो र पेटमा पानी जमेको थियो । बच्चा आँखा खोल्न नसक्ने अवस्थामा रहेकाले हामीले सबै परिक्षण गरेर उपचार शुरु ग¥र्यौ । अवस्था जटिल भएपनि शुरुमा वार्डमै राखेर उपचार गरेपनि थप जटिल नहोस् भनेर तीन दिन आईसियुमा राखेर उपचार ग¥र्यो । अहिले सफल उपचार पनि नानी निको भएकी छन् ।

छोरी निको भएर घर जान लाग्दा आज निकै भावुक देखि आमा युवता उनले भने– छोरी माया मारेको थिएँ । श्रीमान विदेशमा हुनुहुन्छ, म आफैं पनि औषधि खानुपर्छ, छोरीको त्यो हालत देख्दा आज यस्ती हुन्छे भनेर सोचेकै थिएन् । उनले भनिन्– मेरो लागि चिल्ड्रेन हस्पिटल र यहाँका डाक्टर भगवान हुनुहुन्छ ।

त्यस्तै झापाको कनकाई नगरपालिका–७ दुर्गापुर चोककी फुलमाया शेर्पा पनि चिल्ड्रेन हस्पिटलमा खुशी मुद्रामा भेटिनुभयो । आफ्नो २७ महिनाको नाती निमा शेर्पा उपचारपछि घर फर्किन लाग्दा उनले डा। रुपक आर्चायलाई धन्यवाद दिदैं भनिन्–डाक्टर साप मेरो नातीले मुखबाट रगत बमिट गर्दा म धेरै आत्तिएको थिएँ तर आज तपाई भगवान बन्नुभयो र मेरो नाति ठिक बन्यो ।

समान्य ज्वरो आएको अवस्थामा स्थानीय क्लिनिकबाट चेकजााँच नगरी औषधि सेवन गराउँदा अन्यत्र संक्रमण हुने भएकाले नानीलाई गाह्रो बनाएको उपचारमा संलग्न चिकित्सक डा. आर्चायले बताए । उनले भने– ज्वरो आयो भनेर बच्चालाई ब्रुफिन नामक औषधि खुवाए पछि उनको पेटमा नशा फुटे छ त्यसपछि बच्चाले बमिटिङ गर्दा उनको शरिरमा रगतको मात्रा अत्यन्त कम थियो  । ज्वरोको औषधिका रुपमा ब्रुफिन लगातार उपयोग गर्दा पेटमा रक्तश्रापको सम्भावना उच्च हुने डा। आर्चायको भनाई छ । २७ महिनाको बच्चालाई चेकजाँच नगरी ब्रुफिन खुवाउँदा बच्चाले मुखबाट नै रगत बमिटिङ गर्न थालेपछि अस्पताल ल्याउनुभएको रहेछ– डा। आर्चायले भने ।  रगतको मात्रा कम भएपछि तुरुन्त उनलाई रगत दिएर उपचार सुरु गरेपछि उनको स्वास्थ्यमा सुधार भएको जनाइएको छ । जथाभावी औषधि सेवन गराउँदा बच्चाको ज्यानै जोखिममा पर्ने भएकाले विशेषज्ञ चिकित्सकको सुझाव लिएर मात्र औषधि सेवन गराउन डा। आर्चायले सुझाव दिएका छन् ।

बालबालिकाको लागि छुट्टै उपचार गर्नका लागि सञ्चालनमा रहेको चिल्ड्रेन हस्पिटलले धेरैको विश्वास जित्दै गएको छ । बालकालिका सम्बन्धि सबै रोगको उपचार गर्ने उद्धेश्यले सञ्चालनमा आएको बिर्तामोड चिल्ड्रेन हस्पिटलले रोगको पहिचान गरेर मात्रै उपचारशुरु गर्ने गरेको  अस्पतालकी सिईओ डा। सुजता मैनाली आर्चायले बताइन् । अत्याधुनिक जापानिज प्रविधिका उपकरणसहित इको र इसिजीको समेत व्यवस्थासहित चौबीसै घण्टा सेवा प्रवाह गर्नुका साथै  विशेषज्ञ चिकित्सक र अनुभवी नर्सिङ स्टाफसहित अस्पतालले नावजात शिशु तथा बालबालिकाको उपचाार गर्दै आाएको छ ।