बिर्तामोड । 

झापा बिर्तामोडको न्युटन्स् एजुकेशन एकेडेमीमा अध्ययनरत विद्यार्थीहरूको आकस्मिक दुर्घटनाको उपचारका लागि कनकाई हस्पिटलसँग सम्झौता भएको छ । विद्यालय परिसर हुने दुर्घटनाको लागि कनकाई हस्पिटल प्रालि र न्युटन्स् एजुकेशन एकेडेमी बीच शुक्रबार सम्झौता भएको हो ।

सम्झौता पत्रमा विद्यालयकातर्फबाट प्रिन्सिपल देबेन्द्र हुमागाईं र कनकाई हस्पिटलका तर्फबाट अध्यक्ष युवराज डाँगीले हस्ताक्षर गरेका छन् ।

सम्झौतापत्रमा विद्यालयमा अध्ययनरत विद्यार्थीहरूको न्यूनतम एक हजार देखि अधिकतम एक लाख रुपैयाँसम्मको दुर्घटना औषधी उपचार बीमा विद्यालयको तर्फबाट गरिएको छ । त्यस्तै कनकाई हस्पिटल प्रालि तर्फबाट विभिन्न सेवाहरूमा छुट सुविधासहित अतिरिक्त सुविधा समेत प्रदान गरिएको छ ।

सम्झौता पत्र अनुसार अध्ययन अध्यापन गर्ने गराउने र उनीहरुको अभिभावकहरुलाई आवश्यक पर्दा दुवै पक्षकामा गएर सेवा लिन सकिने, सिफारिसको आधारमा  कार्डसहित सेवा लिन आएका बिरामीहरुका लागि सेवा प्रदान गरिने, सेवा लिने क्रममा सम्पूर्ण सेवामा १५ प्रतिशत र औषधिमा ८ प्रतिशत छुट हुने, सेवा सम्बन्धि सल्ला सुझाव, गुनासाका बिषयमा दुवै पक्षले छलफलका माध्यबाट अघि बढ्ने र आधिकारीक व्यक्तिको जिम्मेवारीमा मात्र बिरामी विदा दिने लगायका सर्तहरु  रहेको प्रिन्सिपल गुमागाईले जानकारी दिए ।