चारआली । 

झापाको मेचीनगर–१३ मा रहेको आशावादी बहुउद्देश्यीय सहकारी संस्थाको १० औं बार्षिक साधारणसभा तथा तेस्रो अधिवेशन सम्पन्न भएको छ ।  संस्थाले आज (बुधवार) चारआलीमा बार्षिक साधारणसभा तथा अधिवेशन सम्पन्न गरेको हो । अधिवेशनले आगामी कार्यकालका लागि छिरिङ शेर्पाको नेतृत्वमा सञ्चालक समिति सर्वसम्मत चयन गरेको छ । 

समितिको उपाध्यक्षमा डा. दिलिपकुमार यादव, सह–सचिवमा मिनादेबी खड्का, कोषाध्यक्षमा चन्द्रकला तर्वबुङ लिम्बु र कार्यकारी अधिकृतमा बद्री महतलाई सर्वसम्मत चयन गरेको छ ।  त्यसैगरी सदस्यमा भवानीप्रसाद रिजाल, रिणा राई, निर्मला कार्की, लवनसिंह धिमाल र असारसिंह लिम्बु, लक्ष्मणकुमार लिम्बु र सोनामसिंह तामाङ  सर्वसम्मत चयन गरेको छ । 

लेखा सुपरिवेक्षण समितिको संयोजकमा बोलप्रसाद कोइराला चयन भएका छन् भने सदस्यमा प्रवासी राजवंशी र अन्जना निरौला सर्वसम्मत चयन भएका ब्यवस्थापक बद्र्री महतले जानकारी दिए । 

badri g

बार्षिक साधारणसभामा उत्कृष्ट बजार प्रतिनिधिका रुपमा सुनिता दुलाल र हिमा निरौलालाई सम्मान गरिएको छ । यस्तै उत्कृष्ट बचतकर्ताका रुपमा ताराकुमारी पौडेल, युरिका थपलिया, जेष्ठ नागरिकका रुपमा तुलसीराम बास्कोटा, उत्कृष्ट बाल बचतकर्ताका रुपमा प्रिया खाती र उत्कृष्ट ऋणिका रुपमा गिता राईलाई संस्थाले सम्मान गरेको छ । 

संस्थाका उपाध्यक्ष असारसिंह लिम्बुको अध्यक्षतामा भएको कार्यक्रममा मेचीनगर–१३ का वडाध्यक्ष कृष्णराज सिग्देलको प्रमुख आतिथ्य तथा पूर्व डिभिजन सहकारी प्रमुख तथा बिर्तामोड सहकारी अधिकृत डिल्ली दाहालको बिशिष्ठ आतिथ्य रहेको थियो । 

कार्यक्रममा सञ्चालक समितिको प्रतिवेदन उपाध्यक्ष असारसिंह लिम्बुले प्रस्तुत गरेका थिए भने लेखा सुपरिवेक्षण समितिको प्रतिवेदन संयोजक बोलप्रसाद कोइरालाले प्रस्तुत गरेका थिए । 

स्वागत संस्थाकी कर्मचारी सुनिता दुलालले गरेको कार्यक्रममा शिक्षक देबी खतिवडा, तारापुन्ज साकोसका ब्यवस्थापक मोहन अधिकारी, चारआली प्रहरी चौकीका इन्चार्ज टंकनाथ कोइराला, नेपाल टेलिकम धुलाबारीका प्रमुख धमेन्द्र यादब, संस्थाका सल्लाहकार संयोजक बिष्णुप्रसाद आचार्यलगायतको आतिथ्य रहेको थियो । 

कार्यक्रमको सञ्चालन ब्यवस्थापक बद्री महत र सह–ब्यवस्थापक बिना बाँनियाले संयुक्त रुपमा गरेका थिए । आर्थिक बर्ष २०८०/०८१ सम्ममा एक हजार ६५० शेयर सदस्य रहेको संस्थाको कुल चुक्ता शेयरपुँजी ८६ लाख ४८ हजार रहेको कार्यबहाक उपाध्यक्ष मिनादेबी खड्काले तयार गरेको प्रतिवेदनमा उल्लेख छ ।

यस आर्थिक बर्षमा संस्थाको जगेडा तथा अन्य कोषहरु ६४ लाख ३९ हजार ८८२ रुपैयाँ ५९ पैसा रहेको छ । त्यस्तै यस आवमा निक्षेप संकलन ३ करोड ९७ लाख ८८ हजार ९६३, यस आवमा फिर्ता रकम ३ करोड ४९ लाख ८३ हजार १६४, यस चालु आवमा गरी लगानीमा १ करोड ७६ लाख १२ हजार २१ रुपैयाँ रहेको प्रतिवेदनमा उल्लेख छ ।