बिर्तामोड । 

झापाको बिर्तामोड–४ मा मुख्य कार्यालय रहेको शिक्षा बहुउद्देश्यीय सहकारी संस्थाले बाह्य ऋणलाई कम गरेको छ । बाह्य ऋण ल्याएर ब्याज तिर्नु भन्दा सदस्यलाई नै हुने गरी बचत बृद्धिमा संस्थाले जोड दिएको हो ।  संस्थाले बाह्य ऋणलाई कम प्राथमिकता राख्दै न्युन अवस्थामा बाह्य ऋण करिब ५५ लाख मात्र रहेको संस्थाका अध्यक्ष सुव्रत न्यौपानेल जानकारी दिए । 

संस्थाका अध्यक्ष न्यौपानेका अनुसार स्वरोजगार बन्न चाहने सदस्यले ८ प्रतिशत ब्याजदरमा समेत रमक प्राप्त गर्दै आइरहेका छन् । त्यस्तै सुत्केरी महिला शेयर सदस्यले शेयर रकमो आधारमा १५ हजार रुपैयाँसमेत प्राप्त गर्दै आएका छन् । 

संस्थाका शेयर सदस्यले निःशुल्क रगत पाउने, सर्पदंशा र कुकुरको टोकाइबाट पिडीत सदस्यले उपचार खर्च पाउने, छोराछोरीका लागि ल्यापटप खरिद गर्न चाहने शेयर सदस्यले १० प्रतिशत ब्याजदरमा कर्जा उपलब्ध गराउने गरेको अध्यक्ष न्यौपानले बताएका छन् । 

त्यसैगरी संस्थाले सदस्यहरुलाई अवलोकन भ्रमणमा पनि लैजाने गरेको छ । गत आर्थिक बर्षमा ३० जना सदस्य अवलोकन भ्रमणमा सहभागी थिए । संस्थाका बालबचतकर्ता सदस्यले जन्मदिनमा केक वा सो बराबरको रकम दिदै आएको छ । गत आर्थिक बर्षमा तीन सय भन्दा वढीले उक्त सुबिधा लिएको अध्यक्ष न्यौपानेको भनाई छ । 

त्यस्तै शेयर रकमको आधारमा सदस्यले १० हजारदेखि ३५ हजार रुपैयाँसम्म एकाघरपरिवार भित्रको मृत्यु संस्कार राहत खर्च प्राप्त गर्ने गरेको उनले बताए । 

संस्थाको सामाजिक उत्तरदायित्व अन्तरगत बालगृह, गुरुकूल साथै बिपन्न समुदायका बालबालिकालाई न्यायो कपडा, खाद्यन्नलगायत सामाग्री बितरण गर्दै आएको छ । जस अन्तरगत अघिल्ला बर्षहरुमा यस्ता ६०० बालबालिकालाई कपडा र खाद्यन्न बितरण गरिएको अध्यक्ष न्पौपानेले बताए । 

संस्थाको उद्देश्यीय अनुसार सहकारी बिद्यालय सञ्चालनको मुल लक्ष्य अगाडि बढीरहेको संस्थाका उपाध्यक्ष हेमराज मिश्रले बताए । उपाध्यक्ष मिश्रमा अनुसार संस्थाले आफ्नै बिद्यालय शिक्षा शिकोप निकेत सञ्चालन गरिरहेको छ । मन्टेश्वरी बिधिमा आधारित पूर्व प्राथमिक तहको बिद्यालयमा १०५ जना भन्द्या बढी बालबालिका अध्ययनरत रहेका उनले जानकारी दिए । उक्त बिद्यालयमा शेयर सदस्यका छोराछोरीले न्युनतम शुल्कमा पढ्न पाइरहेका छन् । संस्थाको ठूलो सम्पत्तीका रुपमा बिर्तामोड–२ वाटर हेभन पार्क जाने बाटोमा १० कठ्ठा जग्गा रहेको छ । बिद्यालय सञ्चालनका लागि उक्त जग्गा प्रयोगमा ल्याइने उपाध्यक्ष मिश्रले जानकारी दिए । 

आर्थिक बर्ष २०८०/०८१ सम्म संस्थाको शेयरपुँजी ३ करोड ५५ लाख, बिभिन्न कोष २ करोड २० लाख, बचत रकम १८ करोड ५१ लाख, १८ करोड २० लाख भन्दा धेरै आफ्ना शेयर सदस्यलाई लगानी गरेको संस्थाका सचिव सूर्यकुमार खतिवडाले जानकारी दिए । मुख्य कार्यालयसहित ६ स्थानका रहेका सेवा केन्द्रबाट सेवा प्रवाह गर्दै आएको संस्थामा ५ हजार भन्दा वढी शेयर सदस्य रहेका सचिव खतिवडाले बताए । 

 संस्थाको भोली अर्थात बुधवार बिर्तामोडमा हुने १२ औं बार्षिक साधारणसभाको अन्तिम माइन्यूट प्रमाणीकरणमा उत्कृष्ट ऋणि बिष्णुमाया मादेन, उत्कृष्ट आवधिक पुष्पलाल निरौला, उत्कृष्ट शिक्षा सेबिका दर्जी, एसइइमा उत्कृष्ट नतिजा ल्याउने अङ्शकुमार खतिवडा, प्लस टुमा उत्कृष्ट नतिजा ल्याउने अनुपराज बराल र लीजा घिमिरेलाई सम्मान गर्ने भएको छ । त्यस्तै उत्कृष्ट कर्मचारीको रुपमा संगीता सिलवाल र उत्कृष्ट प्रवद्र्धकका रुपमा छबिलाल घिमिरेलाई सम्मान गरिने सचिव खतिवडाले बताएका छन् । फाइल तस्वीर