बुधबारे ।
बुद्धशान्ति प्रेस क्लब झापाले आयोजना गर्ने बुद्धशान्ति वडा १ झापा मिडिया कप २०८१ को प्रतियोगितामा किट पार्टनरका रुपमा बिर्तामोडको जोया ब्राण्ड रहेको छ ।
आज एक कार्यक्रमका बिच जोया ब्राण्डका तर्फबाट संचालक प्रेम कृष्ण श्रेष्ठ र बुद्धशान्ति प्रेस क्लबका उपाध्यक्ष नारायाण अर्याल बिच सम्झौता पत्रमा हस्ताक्षर गर्दै सम्झौता गरिएको हो । सम्झौता पत्रमा भए अनुरुप प्रेस क्लबलाई चाहिने जर्सी लगायतका अन्य खेल सामग्री जोया ब्राण्डले हस्तान्तरण गर्ने सम्झौता पत्रमा उल्लेख गरिएको छ ।
पछिल्लो समय विदेशी ब्राण्डका जर्सीहरुलाई विस्थापित गर्दै जोया ब्राण्डले नेपालमै उत्पादन गरेको जर्सीहरु प्रयोग भइरहेको सञ्चालक प्रेम कृष्ण श्रेष्ठले बताएका छन् । नेपालस् स्पोर्टस् क्लोथिङ (लभउब िकउयचतक अयितष्लन )ब्राण्डको चिनारीका रुपमा विदेशी ब्राण्डहरुलाई विस्थापित गर्दै जर्सी, टि सर्ट, टयाक सुट लगायत विभिन्न कपडाहरु विर्तामोडमै उत्पादन गरि पूर्वी नेपाल लगायत देशका विभिन्न स्थानहरुमा विक्री गरिरहेको छ ।
आगामी असोज १७ र १८ गते हुने प्रतियोगितामा झापाका ६ वटा पालिकास्तरका प्रेस क्लब र नेपाल खेलकुद पत्रकार मञ्च झापाको टिम सहभागी रहने छन् । प्रतियोगितामा आयोजक बुद्धशान्तिसहित अर्जुनधारा, मेचिनगर, कनकाई र भद्रपुर प्रेस क्लबले प्रतिस्पर्धा गर्ने क्लबका सचिव रोशन भट्टराईले बताएका छन् । त्यस्तै पत्रकार मञ्च दमक र खेलकुद पत्रकार मञ्च झापा सहभागी हुनेछन् ।
प्रतियोगिताको प्रथम पुरस्कार ट्रफी, मेडल र प्रमाण पत्र सहित नगद २५ हजार रहेको छ । त्यस्तै द्वितिय पुरस्कार पनि ट्रफी, मेडल र प्रमाण पत्र सहित नगद १५ हजार रहेको आयोजकले जनाएको छ । प्रतियोगिता सम्पन्न गर्न करिब २ लाख ५० हजार रुपैँया खर्च हुने अनुमान गरिएको छ । घटस्थापनाको दिन र भोलिपल्ट हुने प्रतियोगिता होक्सेमा रहेको त्रिभुवन माविको खेलमैदानमा आयोजना हुनेछ ।