बिर्तामोड । 

सहकारीका समस्या, चुनौती र समाधानका उपायका बिषयमा झापाको बिर्तामोडमा आज (बुधवार) सरोकारवालासँग सहकारी नीति सम्वाद भएको छ । 

संवाद समुह कोशी प्रदेशको आयोजना तथा सहारा नेपालको ब्यवस्थापनमा भएको सहकारी संवाद नीति कार्यक्रममा झापाका राजनीतिक टलका प्रमुख तथा सहकारी अभियन्ताहरुसँग प्याल डिस्कशन गरिएको थियो । 

कार्यक्रममा करिव तीन महिना अघिदेखि संवाद समुह कोशी प्रदेशले सहकारी अभियन्ता, सहकारी बिज्ञसहित सहकारीका सदस्य ६ सय जनाको भेटपछि तयार गरिएको सहकारीका समस्या, चुनौती र समाधानका उपायको प्रतिवेदन समेत प्रस्तुत गरिएको थियो । उक्त प्रतिवेदन सहजकर्ता सुमन सुस्केराले प्रस्तुत गरेका थिए । 

सहकारी आन्दोलन र अवको बाटो शिर्षकमा भएको पहिलो प्यानल डिस्कशनमा नेफस्कुनका महासचि धनश्याम अधिकारी, सहकारी अभियानकर्मी गोमा नेपाल, सहकारी अभियान्ता रामचन्द्र उप्रेती, राष्ट्रिय सहकारी बरिष्ठ उपाध्यक्ष रमेश पोखरेलसँग प्यानल डिस्कशन गरिएको थियो । पहिलो प्यानल डिस्कशनको सहजकर्ता सुमन पुरी रहेका थिए ।  

त्यस्तै सहकारी र रानीतिक बिषयकको प्यानल डिस्कशनका नेकपा एमाले कोशी प्रदेश अध्यक्ष धनश्याम अधिकारी, नेकपा (माओवादी केन्द्र) कोशी प्रदेश उपाध्यक्ष शिव डाँगी, अर्थशास्त्री राधिका ओझासँग प्यानल डिस्कशन गरिएको थियो भने त्यसको सहजकर्ता महेन्द्र मोरङ क्याम्पस बिराटनगरका प्राध्यापक डा. चन्द्र तिम्सिना रहेका थिए । कार्यक्रमको सञ्चालन एवंम् सहजीकरण एकराज गिरीले गरेका थिए । 

कार्यक्रममा नेकपा एमाले झापा उपाध्यक्ष शिव ढुङ्गेल, नेकपा माओबादीको केन्द्रिय सदस्य तथा झापा इन्चार्ज झलकसिंह दर्लामी (सन्देश), झापा जिल्ला सहकारी संघका सचिव भवानीप्रसाद दंगाल, सहारा नेपालका अध्यक्ष भरत गिरी, कोषाध्यक्ष श्याम प्रधानलगायत सरोकारवालाहरुको बाक्लो उपस्थिति रहेको थियो ।