चारपाने ।
झापाको बिर्तामोड–२ चारपानेमा मुख्य कार्यालय रहेको सहारा नेपाल बचत तथा ऋण सहकारी संस्थाले भदौ मसान्तसम्मको बित्तिय बिवरण सार्वजनिक गरेको छ । संस्थाले सोमवार सार्वजनिक गरेको बित्तिय बिवरण अनुसार शेयर पुँजी एक अर्व ६८ करोड ८५ लाख ८७ हजार ७०० रुपैयाँ रहेको छ ।
जगेडा कोष १ अर्व २६ करोड १३ लाख ७९ हजार ७३४, कूल बचत १२ अर्व ९७ करोड ३५ लाख २२ हजार७३२, लगानीमा रहेको ऋण १० अर्व ८८ करोड २२ लाख ७७ हजार ४८५ रुपैयाँ छ ।
त्यस्तै कुल संस्थागत पूँजी १ अर्व २९ करोड ८८ लाख ५१ हजार ७८०, विभिन्न कोषहरुको जम्मा रकम ९७ करोड ४८ लाख ७३ हजार ४९३, कूल सम्पती १६ अर्व ८३ करोड ९८ लाख ९८ हजार ९३९, तरलता रकम ४ अर्व २५ करोड ९८ लाख ४७ हजार ५१ रुपैयाँ रहेको छ भने बाह्य ऋण नरहेको संस्थाद्धारा जारी बित्तिय बिबरणमा उल्लेख छ ।
त्यसैगरी बाह्य ऋणको प्रतिशत शुन्य, संस्थागत पुँजीको प्रतिशत ७.७१ प्रतिशत, तरलता ३२.८३ प्रतिशत, कुल सदस्य संख्या एकलाख ७४ हजार ५३९ जना पुर्याउन सफल भएको संस्थाका कार्यकारी प्रमुख महेन्द्रकुमार गिरी र निर्देशक लक्ष्मण खतिवडाद्धारा हस्ताक्षरित बित्तिय बिवरणमा उल्लेख छ । संस्थाका कार्यकारी प्रमुख गिरीका अनुसार क्रमश भाका नाघेका ऋणिको संख्या घटाइदै लगिएको छ ।
११ वटा जिल्ला र ८० वटा पालिकाको स्वीकृति पाएको देशकै ठूलो सहकारी संस्था सहारा नेपाल साकोसले ६ वटा जिल्लाका ७० वटा पालिकाका ८१ वटा सेवा केन्द्र, ७ वटा अनुगमन कार्यालय, मुख्य कार्यालयसहित ८९ स्थानबाट सेवा प्रदान गर्दै आएको साकोसका निर्देशक लक्ष्मण खतिवडाले जानकारी दिए ।