गौरीगञ्ज । 

झापाको गौरीगञ्ज गाउँपालिकामा स्वास्थ्य शिविर भएको छ । आज (शनिवार) नेपाली काँग्रेस निकट नेपाल लोकतान्त्रीक आदिवाशी जनजाती महासंघ क्षेत्रीय समिति क्षेत्र नम्बर ५ को आयोजनामा स्वास्थ्य शिविर भएको हो । 

गौरीगञ्ज–५ स्थित चिल्हारा बजारको श्री जनता प्राथमिक विद्यालय एक दिवसीय स्वास्थ्य शिविर कार्यक्रम भएको हो । क्षेत्रीय सभापति जितु धिमालको अध्यक्षतामा भएको कार्यक्रममा नेपाली कांग्रेसकी कोशी प्रदेश सदस्य तथा  गौरीगञ्ज गाउँपालिका अध्यक्ष फुलवती राजवंशीको रहेको थियो । 

कार्यक्रममा संविधान सभा सदस्य विश्वदिप लिड्देन, आदिवासी जनजाती महासंघ गैरीगञ्जका अध्यक्ष गंगालाल राजवंशी, महिला ससक्तीकरण गैरीगञ्जका अध्यक्ष नौवती राजवंशीलगायतको आतिथ्य रहेको थियो । 

 स्वास्थ्य शिविरमा गाइनो र फिजिसियन सम्बन्धिका डाक्टरहरनले परिक्षण गरी औषधीसमेत वितरण गरिने बताइएको छ ।