बिर्तामोड । 

झापाको बिर्तामोड–४ मा मुख्य कार्यालय रहेको सिम्रिक बचत तथा ऋण सहकारी संस्थाले १४ औं साधारण सभाका अवसरमा दुई जना पत्रकारसहित संस्थाका उत्कृष्ट सेवा केन्द्र र बचत कर्तालाई सम्मान गरेको छ । 

बिर्तामाड आज (बुधवार)  भएको साकोसको अन्तिम माइन्युट प्रमाणित कार्यक्रममा साकोसले बर्ष उत्कृष्ट पत्रकारसहित  चार जना शेयर सदस्य र दुई वटा सदस्य सेवा केन्द्रलाई सम्मान तथा पुरस्कृत गरेको हो ।

simrik 1

संस्थाले पत्रकार विष्णु पौडेल र प्रदीप परियारलाई नगद १० हजार रुपैयाँसहित सम्मान गरेको हो । त्यस्तै, संस्थामा उत्कृष्ट कारोबार गर्ने कमल पाण्डे, अजय साह, विरबहादुर राई र फुलमाया तामाङ, पर्शुराम बस्नेतलाई सम्मान गरेको छ भने उत्कृष्ट सेवा केन्द्रका रुपमा सदस्य सेवा केन्द्र धुलाबारी र मधुमल्लालाई नगद १५ हजार रुपैयाँसहित सम्मान गरेको छ । त्यस्तै सदस्य बब्ली खातुनलाई एउटा सिलाई मेशिनसमेत साकोसले हस्तान्तरण गरेको थियो । 

कार्यक्रममा प्रमुख अतिथि बिर्तामोड नगरपालिकाकी नगरप्रमुख पवित्रा महतारा प्रसाईं, संस्थाका अध्यक्ष सुवास भट्टराई, कार्यकारी प्रमुख कमलबहादुर बस्नेत लगायतले सम्मानित एवम् पुरस्कृतहरुलाई सम्मान पत्र हस्तान्तरणगरेका थिए । 

संस्थाका अध्यक्ष भट्टराईले प्रस्तुत गरेको वार्षिक प्रतिवेदन अनुसार आर्थिक बर्ष २०८०÷०८१ असार मसान्तसम्म ६४ हजार २३६ जना शेयर सदस्य रहेका छन् । त्यस्तै सोही अवधिसम्ममा शेयरपुँजी ३२ करोड ९३ लाख ६६ हजार ९००, बचत रहेको रकम एक अर्व ७३ करोड ४ लाख ८१ हजार ८० रुपैयाँ ४९ पैसा,  कर्जा लगानी तथा असुली २ अर्व ६३ करोड ७३ लाख १२ हजार ५७९ रुपैयाँ ७७ पैसा, जगेडा तथा अन्यकोष २५ करोड ९२ लाख ५२ हजार ४० रुपैयाँ ४२ पैसा छ । त्यसैगरी आर्थिक बर्ष २०८०÷०८१ मा आम्दानीतर्फ ४६ करोड १० लाख २५ हजार ३६९ रुपैयाँ ४१ पैसा र खर्चतर्फ ४० करोड ८२ लाख ५९ हजार ६४४ रुपैयाँ ५४ पैसा गरेर ५ करोड २७ लाख ६५ हजार ७२४ रुपैयाँ ८७ पैसा नाफा गर्न सफल भएको अध्यक्ष भट्टराईद्धारा प्रस्तुत प्रतिवेदनमा उल्लेख छ । 

udghatan

कार्यक्रममा प्रमुख अतिथि प्रसाई, झापा जिल्ला सहकारी संघका सञ्चालक समिति सदस्य केशव बस्नेत, पत्रकार महासंघ झापाका उपाध्यक्ष केशव भट्टराईले शुभकामना मन्तव्य राखेका थिए । 

संस्थाका कार्यकारी प्रमुख कमलबहादुर बस्नेतले स्वागत संस्थाको गतिविधि प्रस्तुत गरेको कार्यक्रमको सञ्चालन संस्थाका कर्जा विभाग प्रमुख विजय बस्नेतले गरेका थिए । कार्यक्रममा सात वटा इकाइगत साधारणसभाबाट उपस्थित भएका प्रतिनिधिले माइन्युट प्रमाणिकरण गरेका थिए । 

सोही कार्यक्रमकाबिच ४ बर्षे कार्यकालका लागि निविरोध निर्वाचित सञ्चालक समिति र लेखा समितिलाई सपथ ग्रहणसमेत गराइएको थियो । संस्थाको सञ्चालक समितिको अध्यक्षमा सुवास भट्टराई, उपाध्यक्षमा किरण कपुरी, सचिवमा इन्द्रबहादुर कार्की र कोषाध्यक्षमा मेयरमान बिष्ट निर्विरोध निर्वाचित भएका छन् । सदस्यमा लीला अधिकारी मुखिया, शसिकला मुखिया सुनुवार, चन्द्रकला भट्टराई, प्रकाश भट्टराई र नविन योगी पनि निर्बिरोध निर्वाचित भएका छन् । त्यसैगरी लेखा समितिको संयोजकमा रमेशकुमार अधिकारी सदस्यमा मीनप्रसाद गुरागाई र ओमराज राई पनि निर्बिरोध निर्वाचित भएका छन् । निर्वाचित पदाधिकारी, सदस्य र लेखा समितिलाई निर्वाचन समितिले सपथ ग्रहण गराएको थियो ।