हल्दीबारी । 

झापाको हल्दीबारी बाल सञ्जाल तथा हल्दीबारी समुदायीक प्रहरीको साझेदारीमा ६० औ राष्ट्रिय बाल दिवस  बिभिन्न कार्यक्रम गरी मनाइएो छ ।

शनिवार बालदिवसको अवसरमा भएको बालदिवस कार्यक्रममा विद्यार्थीहरुले हातमा विभिन्न मनोरञ्जनात्मक तथा जनचेतना दर्शाउने पम्प्लेट, ब्यानर लिएर शान्तिपूर्ण र्‍याली निकालेका थिए ।

हल्दीबारी माध्यमिक विद्यालय निकालिएको शान्तिपूर्ण र्‍याली विद्यालयबाट वडा न २ को कार्यालय हल्दीबारी बजार खार्साङ चोक हुँदै, हल्दीबारी चोकसम्म आएर सम्पन्न भएको थियो ।

कार्यक्रममा  हल्दीबारी माबिका प्रधानाध्यापक टंकबहादुर पाख्रीङ, हल्दीबारी प्रहरी चौकीका इन्चार्ज रमेश कटुवाल, हल्दीबारी बाल सञ्जालका अध्यक्ष पवन गिरीले अभिव्यक्ति साथै बालदिवसको महत्व झल्काउने भनाईहरु राखेका थिए । कार्यक्रममा बिद्यालयका बिद्यार्थी तथा शिक्षकहरुको बाक्लो उपस्थिति रहेको थियो ।